काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले गिरावट आएर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








