सांकेतिक तस्विर
कैलाली । प्रहरीले बसपार्कस्थित एक जुवा खालबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका १ का ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्ष्मण बुढाथोकी, ३३ वर्षीय जीवन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल, २० वर्षीय पवन थापा, वडा नम्बर २ बस्ने ३३ वर्षीय प्रकाश शाही, वडा नम्बर ४ बस्ने ३३ वर्षीय पुरन बिक, घोडाघोडी नगरपालिका १ का अक्कल शाही रहेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बसपार्कस्थित दिपाली होटल एण्ड लजमा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट ८१ हजार रुपैयाँ र तास समेत बरामद भएको छ ।
बसपार्कको जुवा खालबाट ८ जना पक्राउ
बसपार्कको जुवा खालबाट ८ जना पक्राउ
- अ
- अ
- अ








