• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । यही मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो । निर्वाचन नजिकिँदै गर्दा सीमानाकामा खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरुमा अभियानकै रुपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो ।

    मधेश प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुल्ल नाकाका कारण हुनसक्ने आपराधिक कृयाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाईसमेत गरिएको छ । चुनावका समयमा अवैधानीक सवारी साधन भित्रने र अवैधानीक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो ।

    प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताए । प्रहरी नायव महानिरिक्षक खाँले उम्मेदवारले आयोजना गर्ने सभा सम्मेलन, प्रचार प्रसारका साथै घरदैलो कार्यक्रममा पनि प्रहरी सुरक्षा बढाएको बताउँदै मतदाताहरू माझ निर्वाचन सफल बनाउन प्रहरीलाई सहयोग गर्न जनचेतना मुलक कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए । उनले यस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरीका सथै सशस्त्र प्रहरी, म्यादि प्रहरी र नेपाली सेनासमेत खटिएको बताए ।

    आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगञ्जको सीमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने अवस्थालाई मध्यनगर गर्दै वीरगञ्ज–रक्सौल सीमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।

    मधेश प्रदेशका ८ वटै जिल्लाले भारतीय सीमासँग जाेडिएको छ भने खुला सीमा र अति व्यस्त नाकाहरू भएर मोटसाइकल, गाडी ट्रक लगायतका गरी दैनिक २० हजारदेखि ३० हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छ । ५० देखि ६० हजारको संख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेको छ । नेपाल–भारत सीमानाका खुला भएको हुँदा खास गरि सिमाक्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुला सीमाको फाइदा उठाउँदै अपराधीहरूलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ ।

    सोही कुरालाई मध्य नजर गर्दै मदेश प्रहरी कार्यालयले यस प्रदेशको सीमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको प्रहरी नायव महानिरीक्षक खाँले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतीय समकक्षीहरुसँग समन्वय गरेर सीमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्ती परिचालन भइरहेको बताए ।

    उनले मधेश प्रदेशका जिल्लामा मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भइसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । मधेश प्रदेशमा निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.