• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस् : डिल्लीराम सुवेदी

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ–१ प्रदेश सभा (ख) बाट चुनावी मैदानमा उत्रिएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । सुवेदीको प्रतिष्पर्धीको रुपमा यही क्षेत्रबाट एकताका कांग्रेसमा रहेर काम गरेका र अहिले एमालेबाट उम्मेदवार बनेका नवराज पौडेल चुनावी मैदानमा छन् । यी दुबै जनाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ । प्रस्तुत छ  उनै डिल्लीराम सुवेदीसँग न्युज कारखानाले गरेको कुराकानी :

    पहिलोपटक निर्वाचनको प्रतिष्पर्धा गर्दाको अनुभव कस्तो गरिरहनु भएको छ ?

    एकदमै उत्साहजनक छ । बाग्लुङको दक्षिणी क्षेत्रका विकट गाउँहरुमा पुगेको छु । धानबाली थन्क्याइरहेका किसानलाई खेतबारीमै पुगेर भेटिरहँदा उहाँहरुले सकरात्मक प्रतिक्रिया दिनु भएको छ । उहाँहरुले तिमी योग्य छौ र चुनावका बेलामा मात्रै आउने नगर्नू भन्ने सुझाव दिनुभएको छ । यसलाई हृदयमा लिएर फर्किएको छु ।

    चुनावी माहोलमा सबैले राम्रो भन्छन् । अरू उम्मेदवारहरूको भन्दा तपाईं कसरी फरक ?

    यो तुलना गर्ने कुरा त जनताको हो । तर, पनि जनताका माझ पुगिरहँदा, भेटिरहँदा हामीले कुनै झुटा आश्वासन दिएका छैनौँ । प्रदेश सांसदको काम कर्तव्य अधिकारको विषयमा संविधानले निर्दिष्ट गरेका नीति नियमभित्र रहेर राजनीतिक मूल्यको आधारमा काम गर्ने प्रतिबद्धता छ । यसलाई समग्रमा भन्दा विचारको दृष्टिकोणले ठिक ठाउँ उभिने, विकासको एजेण्डाको दृष्टिकोणले जनताका बीचमा बनेका योजनाहरुलाई प्राथमिकता दिएर अबको १५ वर्षमा यो क्षेत्रलाई कहाँ पु¥याउने भन्ने स्पष्ट मार्गचित्र तथा गुरुयोजनासहित अघि बढ्ने तथा नेतृत्वको दृष्टिकोणले पारदर्शीतासहित जनताकाबीचमा रमाउने उद्देश्य बोकेर हामी हिँडेका छौ । यो प्रतिबद्धता लिएर आएको हुुनाले उहाँहरुले रुचाउनु भएको छ ।

    तपाईंका एजेण्डाहरु के के हुन्  ? 

    हामीले भर्खरै सारेको प्रतिबद्धतामा पहिलो कुरा पहाडी भू–भागको शीरदेखिी कालिगण्डकीको तीरसम्म, थारदेखि भीरसम्म हाम्रो भू–भागमा रहेको सम्भावनाहरुको व्यवस्थित अध्ययन गरेर गुरु योजना बनाउँछौ ।  दोस्रो अलपत्र र असरल्ल रहेका निर्माणाधीन आयोजनाहरुको व्यवस्थित व्यवस्थापन गर्ने, त्यस्तै नयाँ सम्भावनाहरुको खोजी गर्दै गर्दा पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा रहनेछ । सार्वजनिक विद्यालय सुधार, युवा उद्यमशिलता, कृषीको बजारीकरण लगायत सबै बिषयको प्याकेज सहितको योजना लिएर अघि बढेका छौ ।

    तपाईंको दलले टिकट नदिएपछि नवराज पौडेल एमालेमा जानु भयो नि । यसले तपाईंलाई असर गर्दैन ?

    मैले जनता जर्नादनहरु हो, तपाईहरुले गर्ने निर्णय मलाई शिरोधार्य छ भनेको छु । यसमा अब मेरो खासै टीप्पणी छैन ।

    सोचेविपरीत मत परिणाम आयो भने गाउँ फर्किन के गर्नुहुन्छ ? 

    म त यही गाउँकै माटोमा खेले हुर्केर बढेको मान्छे । मेरा मर्दाका मलामी र बिहेका जन्ती यहीँ छन् । परिणाम जे आए पनि स्वीकार्य छ । म त हिजो पनि यहीँ थिएँ, भोलि पनि यही माटोमा नै, गाउँका बाआमा र मेरा मतदाताहरुकै काखमा रम्नेछु ।

    अन्त्यमा,  मतदातालाई केही भन्न चाहनुहुन्छ ?

    मंसिर ४ को निर्वाचन नेपाली लोकतन्त्रको रक्षा, प्राण प्रतिष्ठा रहेकोले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मत प्रकट गर्न आग्रह गर्छु ।  जो मन पर्छ, उसैलाई मतदान गरि आफ्नो कर्तव्य पूरा गरिदिनुहोस् । उम्मेदवारका योजना, विगत र उसको राजनीतिक प्रवृति हेरेर मत हालिदिनुहुन अनुरोध गर्दछु । म यति प्रतिबद्धता गर्दछु कि, तपाईले मलाई भोट दिएर जिताउँदा गलत गरेको रहेछु भन्ने भावना आउन नदिने गरी काम गरेर देखाउनेछु ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.