• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

देवी ज्ञवाली भन्छन्ः मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ

  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघिय सांसद उठ्न चाहान्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जितेर जाँदा मुख्यमन्त्री पाउने गरी । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट पराजित भए । उनकै ज्ञवाली यसपटक पराजयको श्रृखलालाई रोकेर जितको खोजीमा छन् ।

    क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीका लागि यसपटक सत्ता गठवन्धनका उम्मेदवार उत्तम जोशीको चुनौती सामाना गर्नुपर्ने अवस्था छ । जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरु वडा नं. २, ४,५,७, १०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् । निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने उनको योजना छ । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानी

    तपाईको चुनावी अभियान कहाँ पुग्यो ?

    अब अन्तिमतिर छौं । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरुको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरुले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यसपटक ।

    तपाई २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ?

    यसपटक जित्ने आधार के छ ? जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुप¥यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरुले मतपत्र च्याँतेर जनमतको हत्या गरेर पराजय गराईएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशब्यापी आएको माहोलले गर्दा पराजय भयो । तर, यसपटक मलाई जनताले जिताउनुहुन्छ ।

    नपुगेको मत पु¥याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । मैंले मेरो जीवन नै जनताका लागि सर्मपित गरेको छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।

    एमालेका विरुद्धमा गठवन्धन छ ? गठवन्धन तुलनात्मक रुपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?

    गठवन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । वितेको २ बर्षमा यो गठवन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महंगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरु हायलकायल पारिएका छन् । खै त जनतालाई राहात ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाए पछि देशको विकास ठप्प भएर रोकियो ।  नेताको गठवन्धन होला जनताको गठवन्धन हुँदैन । हामी यसपटक सजिलै जित्छौं ।

    तपाईं संघिय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?

    कुरा सहि नै हो । म संघिय सांसद उठ्न चाहान्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमती भयो । म प्रदेशमा र कृष्णभक्त जी संघमा उठ्न हामी सहमत भयौं । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितीले पनि हामीलाई एक ठाँउमा उभ्याएको हो ।

    तपाईं बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?

    मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औं महाधिवेशनमा सबैभन्दा बढि मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो ।

    तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो । र अर्को कुरा गठवन्धनले प्रदेशमा पनि २ बर्ष सरकार चलायो कति बदनाम भयो तपाईंले देख्नु भएकै छ । कति विकृती भित्रियो ।

    झ्यालै पिच्छे मन्त्रालय बनाएर जनता माथि लुट मच्चाएको तपाईंले देख्नुभएकै छ । मनपरी, अराजकता हावी भयो । त्यसैले सुसंस्कृत र जनतामुखी शासनका लागि पनि एमालेलाई जिताउनुपर्छ । जनतालाई यो कुराको ख्याल भएको पाएको छु ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.