गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेत चढेको गाडी सोमबार गोरखा नगरपालिका–३ को नारेश्वर भौटेनीको उकालोमा हिलोमा फस्यो । उकालोबाटो त्यसमाथि लगातार परेको पानीका कारण जिल्ला भित्रका अधिकासं सडकको अबस्था नाजुक नै छ । बिकास निर्माणको कामले गति लिन नसकेका बेला नागरिकहरु सरकार र सरकारको नेतृत्वमा बसेकाहरु प्रति सन्तुष्ट छैनन । मन्त्री बस्नेत चढेको बा.२ झ ३०४१ नम्बरको स्कोरपियो गाडी कच्ची बाटोको उकालोमा पसेपछि केही सवारी साधनहरु केही त्यहाँ बेर रोकिए ।
चालकले फोर ह्विल लगाएर चिल्लोबाट जबरजस्ती गाडी निकालियो। मन्त्रीको गाडी नै हिलोमा फसेको देखेका प्रत्यक्षदर्शीहरु भने आफै लजाएका थिए । गोरखा नगरपालिकाबाट करिब ५/६ किलोमिटरको दुरीको त्यो ठाउँ भौतिक पूर्वाधारमन्त्री बस्नेतको आफ्नै गाउँ हो तर सडक स्थिती हेर्दा मन्त्रीको गाउँको बाटोले मन्त्रीलाई गिज्याई रहेको अनुभूति हुन्छ । त्यस बिचमा एकजना प्रत्यक्षदर्शी युवकले मन्त्रीको गाडी फसेको फोटो आफ्नो क्यामरामा कैद गर्न गर्न भ्याए । तर केही बेरमा गाडी उत्रियो र फोटो तथा भिडियो खिच्ने व्यक्ति नजिक आएर रोकियो ।
मन्त्री बस्नेतको गाडीबाट सुरक्षाकर्मी झरे र भने अघि खिचेको फोटो डिलिड गर्नुस नत्र राम्रो हुदैन ? युवकलाई मन्त्रीको गाडीबाट झरेका सुरक्षाकर्मी एक्कासी धम्कीको शैलीमा फोटो र भिडियो हटाउन भनेपछि युवकले पनि फोटो र भिडियो उसैको अगाडी डिलिज गरिदिए । फोटो हटाएपछि ति सुरक्षाकर्मीले धन्यबाद दिनु त कहाँ हो कहाँ उल्टै फेरि थर्काउदै भने आइन्दा यस्तो काम नगर्नुस ।
आफ्नै गाउँबाट आफैले भोट हालेर जिताएर पठाएका मन्त्री चढेको गाडीको फोटो खिच्दा दुव्र्यव्यहार पर्ने गोरखा नगरपालिका ३ आँपचौर निवासी सोम श्रेष्ठ हुन । सतिपिपलमा रेष्टुरेन्ट ब्यवसाय गरेर बसेका श्रेष्ठ आजदेखि प्रशासनले निषेधाज्ञा जारी गरेका कारण बन्द गरेर घरतर्फ फर्कदै गर्दा मन्त्रीको गाडी फसेको भिडियो खिचेका थिए ।
‘बिहान रेष्टुरेन्ट बन्द गरेर घर जादै उकालो बाटोमा झण्डावाल गाडी फसेको देखेर भिडियो त फोटो लिने क्रममा गाडी रोकेर सुरक्षाकर्मीले तत्कालै भिडियो र तस्बिर डिलिट नगरेको खण्डमा राम्रो नहुने धम्की दिएपछि तत्कालै हटाए, उनले भने, तर मेरो मोवाइलमा रिकभर हुने भएपछि उसको अगाडी हटाइ दिएको थिए ।’ सुरक्षाकर्मीले थर्काएपछि मोवाइलबाट हटाएको फोटो भिडियो अहिले उनले सामाजिक सञ्जलमा राखेपछि मन्त्रीको सबत्र आलोचना भएको छ । मन्त्री बस्नेत घलाङ स्थित आफ्नो घरबाट गोरखा सदरमुकाम तर्फ आउदै गर्दा सो घटना भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्रीको गाडीको तस्बिर र भिडियो लिदा सुरक्षाकर्मीबाट दुुुर्ब्यवहार
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्रीको गाडीको तस्बिर र भिडियो लिदा सुरक्षाकर्मीबाट दुुुर्ब्यवहार
- अ
- अ
- अ








