• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

कांग्रेसबाट समानुपातिकतर्फ को-को सांसद बन्लान्, यस्तो छ हिसाब किताब

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ । बाँकी तीनवटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ । समानुपातिकतर्फसमेत मतगणना सकिने तर्खरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेटअनुसार एमाले पहिलो दलको रूपमा देखापरेको छ । उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ । नेपाली कांग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ ।

    माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ । अब तीनवटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मतपरिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन । पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ । राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट संख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ ।

    समानुपातिकतर्फको मतपरिणामले नेपाली कांग्रेसका चर्चित नेताहरू संसदमा जानबाट वञ्चित हुने देखिएको छ । समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेराे परेकाे छ । कांग्रेस प्रवक्ता महत यसपटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहेनन् । उनी समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा छन् । निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् ।

    स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन् । सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा-३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा छन् । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् । समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ । यद्यपि समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउनु पूर्वसंघीय संसदमा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ ।

    कांग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् । यसको ३३ प्रतिशत अर्थात ३२ जना महिला हुनुपर्छ । अहिले प्रतिनिधिसभामा एकजना र राष्ट्रियसभामा तीनजना महिला छन् । कांग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । बाँकी समानुपातिकतर्फबाट पाउने पाँचजना पुरुष जान पाउने छन् ।

    महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्दसूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताए । यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुंग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउँछन् । यद्यपि यसपटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन ।

    तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ । त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्नेछन् । यसँगै क्रमशः दलित, थारु, मुस्लिम, अपांगता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ ।

    जसअनुसार कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जयपति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्छन् ।

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट
    ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद,

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.