• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

समानुपातिकको नाम टुङ्ग्याउन दलभित्र रस्साकस्सी, ४ वजे भित्र बुझाईसक्नु पर्ने

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । समानुपातिकतर्फका सांसदको टुङ्गो लगाउन दलहरुले आज अन्तिम कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ । निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद हुनेको नाम बुझाउन समय दिएपछि दलहरु छलफलमा जुट्न लागेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

    कांग्रेसकाे बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ । यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक पनि आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । एमालेले समानुपातिकमा ३४ सिट पाएकोमा १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने हुन्छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।

    नेकपा माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुङ्ग्याइकनै सकिएको छ । बैठक आज फेरि बस्दैछ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर आज टुङ्गो लगाइने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिनुभयो । माओवादीले समानुपातिकतर्फ सङ्घमा १४ सिट र प्रदेशमा कुल २९ सिट पाएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५/५ सिट पाएका छन् ।

    जनमत पार्टीबाहेक अरु ६ दलभित्र समानुपातिकबाट सांसद हुनेको नाम टुङ्ग्याउन सकस भइरहेको छ । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सिट बाँडफाँट गरेर क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेसँगै सबै दलभित्र बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप केही दिनदेखि बढेको छ । आयोगले आजसम्मको समय दिएर दलहरूबाट ३३ प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी समावेशी समूहअनुसार बन्दसूचीबाट नाम माग गरेको हो ।

    आयोगका अनुसार समावेशी समूहअनुसार नामावली पठाउन भनिए पनि संविधानले सुनिश्चित गरेको एक तिहाइ महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वको हकमा दलहरूलाई विशेषाधिकार छ । बन्दसूचीको माथिल्लो क्रममा रहेका उम्मेदवारले आफू सांसद बन्न दलभित्र लबिङ बढाइरहेका छन् ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.