• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)

  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आमनिर्वाचन २०७९ काे अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ ।

    प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् । समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ ।

    एमालेले पाएको ३४ सिटमध्ये १२ सिटमा पुरुष उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई परेका छन् । खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम सिफारिस भएको छ । दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा सांसद सिफारिस भएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतराज लालवंशी समानुपातिक सांसद सिफारिस भएका छन् ।

    यस्तै मुस्लिमतर्फ सराज अहमद फारखी सिफारिस भएका हुन् । समानुपातिकमा ३२ सिट पाएको नेपाली कांग्रेसबाट तीनजना मात्र पुरुष सांसदमा सिफारिस भएका छन् । कांग्रेसबाट खसआर्यतर्फ प्रकाशशरण महत, मधेसीतर्फ विमलेन्द्र निधि र दलिततर्फ जीवन परियार सांसद सिफारिस भएका छन् । माओवादी केन्द्रले पाएको १४ सिटमध्ये दुईवटामा मात्र पुरुष सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यतर्फ हितराज पाण्डे र दलिततर्फ रणेन्द्र बराली रहेका छन् ।

    राष्टिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाएको १३ सिटमध्ये सातजना पुरुष उम्मेदवार सिफारिस भएका छन् । दलिततर्फ सन्तोष परियार र शिव नेपाली सिफारिसमा परेका छन् । यस्तै थारुतर्फ अशोककुमार चौधरी, मुस्लिमतर्फ असिम शाहलाई सिफारिस गरेको छ । मधेसतर्फ मनिष झा सिफारिस हुँदा आदिवासी जनजातितर्फ ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । खसआर्यतर्फ डोलप्रसाद अर्याल सांसद सिफारिस भएका छन् । समानुपातिकमा सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईजना पुरुषलाई सांसद सिफारिस गरेको छ ।

    जसमध्ये खसआर्यबाट पशुपतिशम्शेर राणा र आदिवासी जनजातितर्फ बुद्धिमान तामाङ सिफारिस भएका हुन् । समानुपातिकमा पाँच सिट पाएको जनमत पार्टीले पुरुषतर्फ दुईजनालाई सिफारिस गरेको छ । जसमा मधेसीतर्फ वसन्तकुमार कुशवाहा र मुस्लिमतर्फ अब्दुल खानलाई सांसद सिफारिस गरेको छ ।

    जनता समाजवादी पार्टी जसपाले प्राप्त गरेको समानुपातिकतर्फको पाँच सिटमा पुरुषतर्फ खसआर्यमा प्रकाश अधिकारी र मुस्लिमतर्फ सहनाज रहमान गरी दुईजना सिफारिसमा परेका छन् ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.