• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

राष्ट्रपति बन्न नेताहरूको दौडधुप, आकाङ्क्षीमा को-को ?

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकाङ्क्षी नेता आ-आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुङ्गो भने लागिसकेको छैन । कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी पेस गरेका धेरैजसो नेताले विकल्पमा राष्ट्रपति बन्ने चाहना राखेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् ।

    नेताहरूका अनुसार आन्तरिक ‘पावर सेयरिङ’ गर्दा आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार छन् । गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने देउवाको योजना छ । प्रधानमन्त्री देउवा सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको स्रोतले जनाएको छ ।

    माओवादीमा पनि राष्ट्रपतिका आकाङ्क्षी धेरै छन् । माओवादीले राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने इच्छा उपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखद्वय अग्नि सापकोटा र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पेस गरेको स्रोतको भनाइ छ । दाहालले भने जस्तोसुकै संसदीय अङ्कगणित भए पनि माओवादीकै नेतृत्वमा सरकार गठनलाई प्राथमिकता दिएका छन् । विकल्प खोज्नुपरे पात्रमाथि छलफल गरिने उनको भनाइ छ । नेपालको राजनीतिमा अझै माओवादीसहित परिवर्तनकारी शक्तिको भूमिका निर्णायक रहेको भन्दै दाहालले सत्ता साझेदारीमा लिने सम्भावित अडानबारे पनि सङ्केत गरेका छन् ।

    स्रोतका अनुसार आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकामा दाहाल बाबुराम भट्टराईप्रति नरम छन् । तर माओवादीको कोटामा राष्ट्रपति आए ‘तपाईँ नै हो’ भनेर आश्वस्त पारेका छैनन् । प्रतिनिधिसभा विघटनदेखि पुनः स्थापना र एमसीसीलगायतका राष्ट्रिय सरोकारका मुद्दामा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै दाहाल पूर्वसभामुख सापकोटाप्रति पनि उदार छन् । दाहाल र सापकोटाबीच सम्भावित राजनीतिक समीकरण र भूमिकाबारे लगातार संवाद भइरहेको छ । केही दिन अगाडि सिन्धुपाल्चोकको सुकुटेमा दाहाल र सापकोटा सँगै थिए ।

    अर्कातर्फ दुई पटक उपराष्ट्रपति भएको र माओवादीबाट राष्ट्रपति बन्ने अवसर आए आफू स्वाभाविक दाबेदार रहने पुनको भनाइ छ । पदमै रहेकाले उनको देखिने दौडधुप छैन तर पार्टी नेतामार्फत सन्देश दाहालकहाँ पुर्‍याएका छन् । यसबाहेक आफूलाई ‘अन्यायपूर्ण’ तरिकाले हटाइएको, चुनावमा टिकट नदिइएको र समानुपातिकमा पनि नराखिएको भन्दै महराले पनि राष्ट्रपतिमा आकाङ्क्षा देखाएका छन् । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपतिका लागि चर्चामा छन् ।

    नेपाल आफैँले यस्तो दाबी नगरे पनि सबैको स्वीकार्यताका लागि एउटा विकल्पमा आफूलाई अगाडि सारेको गठबन्धनका एक शीर्ष नेताले बताए । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्‍याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टी राजनीतिमा सीमित पूर्वप्रधानमन्त्री खनालले पनि राष्ट्रपतिको इच्छा व्यक्त गरेका छन् ।

    स्रोतका अनुसार कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँटमा तनाव हुँदा मध्यमार्गी विकल्पमा नेपाल वा खनाल राष्ट्रपति हुन सक्ने एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ । एकीकृत समाजवादी निकट एक नेताका अनुसार प्रधानमन्त्री जस्तै भावी राष्ट्रपतिलाई लिएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चासो र दबाब मुखरित हुन थालेको छ । स्रोतका अनुसार शीर्ष नेतासँगको भेटमा अमेरिकी र भारतीय राजदूतले शक्ति बाँडफाँटमा राष्ट्रपति कांग्रेसले राख्दा काम गर्न सजिलो हुने सुझाव दिएका छन् ।

    विकल्पका रूपमा उनीहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई समेत लिने गरेको राजनीतिक स्रोत बताउँछ । नेताहरूका अनुसार अबको सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ । त्यसैले राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकाङ्क्षीले दौडधुप गरिरहेकै छन् । आकाङ्क्षीमध्ये धेरैजसो नेता आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेकाले यस पटक सकेसम्म उच्च संवैधानिक पद प्राप्तिका लागि अन्तिमसम्म प्रयास गर्ने तयारीमा देखिन्छन् ।

    माओवादी उपमहासचिव शक्ति बस्नेतले गठबन्धनमा भएका दलका आ-आफ्ना दाबी रहे पनि त्यसबारे गम्भीर छलफल नभएको बताए । कांग्रेस नेतृत्वको गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग निश्चित छ तर गठबन्धनको आकार प्रस्ट भइसकेको छैन । पाँचदलीय चुनावी गठबन्धनको बहुमत नभएकाले अन्य दललाई पनि समेट्ने कोसिस चलिरहेको छ ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.