• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

विवादै–विवादबीच चोलेन्द्र सर्वाेच्च नफर्की बिदा

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् । ‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् ।

    उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

    जुन प्रस्तावको प्रतिनिधिसभामा विचाराधीन छ । नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाएका हुन् । महाअभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वाेच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो । जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए ।

    लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन । यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आएका छन् ।

    सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वाेच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो । सर्वाेच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वाेच्च फर्किने प्रयास अफल भयो ।

    महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की मंगलबार उमेरहदका कारण सेवानिवृत्त भए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहेका छन् ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.