काठमाडौं । वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए ।
अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताए । उनले भने, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’
ओलीसँग भेटेर एमाले माओवादी मिलेर सरकार बनाउने विषयमा छलफल थाल्नुभएको हो ? भन्ने विषयमा उनले त्यसवारे केहि छलफल नभएको बताए । उनले भने, ‘सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ।’








