• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

हामी जहाँ उभिन्छौँ, त्यहीँ सरकार बन्छ : प्रचण्ड

  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै अगाडि छन् । तर प्रमुख सत्ता साझेदार दल नेकपा माओवादीले उनलाई ग्रीन सिग्नल दिएको छैन । बरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब आफूले पालो पाउनुपर्ने उनको दाबी छ ।

    चुनावअघिको आलोपालो सहमति अनुसार देउवा आगामी सरकारको नेतृत्व प्रचण्डलाई दिन लचक पनि छन् । तर, संस्थापन इतर पक्ष प्रचण्डलाई नेतृत्व छाड्न राजी देखिएको छैन । पार्टीभित्र महामन्त्री गगन थापा संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन् । अहिले महामन्त्री थापालाई देउवाले पनि कम आँकेका छैनन् । अंकगणितमा देउवा हाबी हुने भए पनि युवा नेताहरूमा गगनले नयाँ ह्वीम ल्याइदिन सक्ने चिन्ता उनलाई छ ।

    पार्टीभित्र दबाबमा परेका देउवालाई गठबन्धनमा सामेल दोस्रो ठुलो दल माओवादीका अध्यक्ष प्रचण्डले समेत तनाव दिँदै छन् । प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा, सिके राउत नेतृत्वको जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवार प्रभु शाह र किरण साहसमेत आफूसँग रहेको देखाएर दबाब बढाइरहेको स्रोत बताउँछ ।

    रणनीतिक मूभ चालेका प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गर्दै आइरहेका छन् । प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेकोसमेत सार्वजनिक रूपमै बताउँदै आइरहेका छन् । बुधवार आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईँको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।

    यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’ कांग्रेसबाट नेतृत्व लिनका लागि आफूसँग ६० सांसदको बल रहेको उनको भनाइ छ । आइतबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग छ । माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’

    उनले गठबन्धनमा सरकारको नेतृत्वको विषयमा आलोपालो हुने प्रष्ट पारे । ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ । ६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिन्छौँ, सरकार त्यहीँ बन्छ,’ प्रचण्डको भनाइ थियो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.