• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

सातै प्रदेशकाे मुख्यमन्त्रीमा क-कस्काे दावी ?

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची साँघुरो भएको हो । यद्यपि, समझदारीले भने अन्तिम रूप पाइसकेको छैन । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच एमालेले चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले एउटा प्रदेशमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी छ ।

    राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने–नगर्ने तय भइसकेको छैन । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंग्याउने बताए । प्रचण्ड र ओलीबीचको समझदारीअनुसार एमालेले प्रदेश १, गण्डकी तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये दुई प्रदेशमा मुख्यमन्त्री लिनेछ । त्यस्तै, माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिनेछ ।

    मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो नेतृत्व दिने समझदारी छ । एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेश संसदीय दलको नेता चयन भएकाले उनीहरू मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरू प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल दलको नेता भएका छन् । बागमतीमा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । लुम्बिनीमा एमालेबाट लीला गिरी मुख्यमन्त्रीका दाबेदार छन् ।

    यद्यपि, लुम्बिनीमा दलको नेता चयन हुन बाँकी छ । एमाले सचिव रघुवीर महासेठले मुख्यमन्त्रीको विषय शीर्ष तहमा टुंगिन बाँकी रहेको बताए । उनले अब बैठक बसेर निर्णय लिइने बताए । ‘सिनियर नेताले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो । उहाँहरूको दाबी आइरहेका छन् । तर, कहाँ को मुख्यमन्त्री बन्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने । माओवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने करिब निश्चित छ । सुदूरपश्चिममा माओवादीका खगराज भट्ट मुख्यमन्त्रीका एक्ला दाबेदार छन् ।

    नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक रहेकाले सुदूरपश्चिममा उसको पनि दाबी रहनेछ । रामेश्वर चौधरी उन्मुक्तिका दलको नेता चयन भएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी रहने बताइन् । प्रदेश १ मा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन् । बागमतीमा शालिकराम जम्कट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री र युवराज दुलाल मुख्यमन्त्रीका दाबेदार छन् । यहाँ दलको नेता चयन गर्न बाँकी छ ।

    लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा दाबेदार छन् । बागमती र लुम्बिनीमध्ये कुन प्रदेश कुन दलले लिने भन्ने टुंगो लागिसकेको छैन । कर्णालीमा माओवादीबाट दलका नेता रामकुमार शर्मा दाबेदार छन् । कर्णालीमा स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएकाले मुख्यमन्त्री पाउनुपर्ने दाबी एमालेको छ । एमाले दलका नेता कँडेल यसअघि पटक–पटक मुख्यमन्त्री हुन चाहे पनि असफल भएका थिए । माओवादीले भने प्रदेशमा सबैभन्दा बढी भोट कर्णालीमा ल्याएकाले मुख्यमन्त्री नछाड्ने अडान लिएको छ ।

    सत्तारूढ गठबन्धन भएकाले मधेस प्रदेश मधेसका दललाई दिने समझदारी छ । जसपा र जनमत पार्टीले मधेस प्रदेशको नेतृत्व आलोपालो गर्ने तयारी छ । दुवै दलले संसदीय दलको नेता चयन गरेका छैनन् । यहाँ जसपाबाट लालबाबु राउत, सरोजकुमार यादव र मनीष सुमन मुख्यमन्त्रीका दाबेदार छन् । जनमत पार्टीबाट चन्दन सिंह र सतिशकुमार सिंह मुख्यमन्त्रीका दाबेदार छन् ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.