तनहुँ : तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो ।
मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








