चितवन । नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोईरालाले सभापति शेरवहादुर देउवाका कारण सरकार गुमाउनु परेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सभापतिले स्टाटिजी मिलाउन नसक्दा सरकार गुमाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “स्टाटिजी नमिलाएर यो दुर्घटना भयो । उहाँले कि कुरा गर्दा स्पष्ट रुपमा भन्नुपथ्यो ।”
पहिलेनै स्टाटिजि मिलाएको भए गठवन्धन कायम रहेने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “शेर वहादुर जी ले प्रचण्ड जीलाई प्रधानमन्त्री छोडेर दोस्रो प्रधानमन्त्री बन्नुभएको भए हुन्थ्यो ।” गठवन्धनबाट शेरवहादुर जी लाई प्रधानमन्त्री वनाउने महत्वपूर्ण भूमिका प्रचण्डले खेलेको बताउँदै उहाँले शेरवहादुर देउवाको कम्जोरीले समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो “ ठूलो पाटीको नाताले पहिलो पटक नै प्रधानमन्त्री वन्छु की भन्ने भएकाले समस्या आएको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोलदै उहाँले अहिलेको सरकारमा समेत स्थिरता नदेखिएको बताउनुभयो । स्थिरता नभएका कारण दुई वर्ष सम्म कसरी सरकार चल्छ भन्ने भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको सरकार पनि गठवन्धनको हो । स्थिरता छैन । दुई वर्ष भित्रनै केही हुन सक्ने सम्भावना देख्छु तर के हुन्छ भन्न सकिदैन ।” नेपाली काङ्ग्रेस प्रतिपक्षमा बस्दा बिरोधका लागि बिरोध मात्रै नगर्ने बताउनुभएको छ । जिम्मेवार पूर्बक हिसाबले प्रतिपक्षको भूमिका निर्बाह गर्ने उहाँले बताउनुभयो । गलत कामको बिरोधमा काङ्ग्रेस लाग्ने उहाँको भनाई छ ।








