चितवन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले निर्वाचनमा पार्टीलाई घात गर्नेहरुलाई कारवाही गर्ने नाममा पूर्बाग्रही तवरले गर्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले स्थानीय तहमा कसैलाई निचो देखाउन र सिध्याउन एबं आँफुलाई स्थापित गराउने तवरले गर्न नहुने बताउनुभयो ।
केन्द्रिय समितिको बैठकमा निर्वाचनको समिक्षा संगै यस बिषयमा पनि छलफल हुने उहाँको भनाई थियो । देशमा पछिल्लो समय उत्पन्न घटना क्रमहरुलाई पनि बैठकमा गम्भिर रुपले छलफल गरिने उहाँले बताउनुभयो । अहिले परेका उजुरीहरुलाई कति बास्तबिक हुन भन्ने बिषयमा छलफल हुने उहाँको भनाई थियो । यही पुस २२ गते बस्ने केन्द्रीय समितिको बैठकले काङ्ग्रेसको भाबि कार्यदिशा र रणनीति समेत बन्नाउने उहाँले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस ठूलो पार्टी भएका कारण सत्ताको नेतृत्व गर्नु पर्नेमा सिमित गुटको झुण्डको स्वार्थमा लाग्दा सत्ता गुमेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सिमिति झुण्डको स्वार्थका कारण सत्ता गुम्नु परे पनि जनताको साथमा काङ्ग्रेस रहेको छ ।” फरक बिषयमा कुरा गर्दै उहाँले नेपाली काङ्ग्रेस असल प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।
देशको आबश्यकता अनुसार प्रतिपक्षको भूमिकामा काङ्ग्रेस रहने उहाँले बताउनुभयो । सरकार भखर वनेको भन्दै उहाँले यस बिषयमा अहिलेनै टिप्पणी गर्न मिल्दैन भन्नुभयो ।








