चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिब देव गुरुङ्ले राष्ट्रिय मुद्धाहरुमा सबै दल बिचमा सहमती कायम गरेको अघि वढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुदामा सरकार पक्ष र प्रतिपक्ष नभनि सहमती कायम गरेर अघि वढ्नु पर्ने बताउनुभयो । अहिलेको आबश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायीत्व भएको भन्दै उहाँले यसका निम्ति सबै प्रकारका दलहरुको बिचमा सहमती र सहकार्यको खाचो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यतिखेर सके सबै दलहरुका बिचमा राष्ट्रिय सहमती जुटाउन कोसिस गर्ने हो । बिधिले सत्ता पक्ष र प्रतिपक्षको अंगिकार गरेको भए ता पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमती जुटाउँदै अघि वढ्नु पर्छ ।” मुलुक संकटको अबस्थामा रहेको भन्दै उहाँले अहिलेको राजनैतिक प्रणालीका प्रस्तापक र अगुवाहरु एक भएर अघि वढ्नु पर्ने बताउनुभयो ।
देशमा बृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजा प्रसाद कोईराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच सहमती भएको भन्दै उहाँले यी दुबै पक्ष सहमतीका साथ अघि बढ्नु पर्ने बताउनुभयो । “अहिलेको समयमा मुद्धागत रुपमा राष्ट्रिय सहमती जुटाउनु पर्ने भएकाले यस व्यवस्थाका अगुवाहरु पहल गरेर अघि वढ्नु पर्छ ।” उहाँले भन्नुभयो ।
अहिलेको सिष्टमलाई भताभुङ्ग वनाउन खोज्नेको बिरुमा आँफुहरुको लडाई रहेको बताउँदै उहाँले यही पद्धति अंगिकार गरेर निर्वाचनमा आए पछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताउनुभयो । अहिलेको गठवन्धन मुलुकको आबश्यकताको हिसाबले बनेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “मुलुकमा स्थिरता र स्थायीत्व कायम राख्दै मुलुकको स्वाधिनताको रक्षाका निम्ति बढि भन्दा बढि दलहरुको आपसि सहमती र सद्भावका साथ अघि बढ्ने समय आएको छ ।”








