• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

सार्वजनिक सेवा प्रवाहमा ढिलाे गरे कारबाही

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले दिने सार्वजनिक सेवालाई चुस्त र भरपर्दो बनाउन सचिवहरूलाई निर्देशन दिएका छन्। तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिँदै एकले अर्कोलाई देखाएर कमजोरीबाट उम्कन कसैलाई पनि छुट नभएको बताएका हुन्। निर्देशनका क्रममा प्रधानमन्त्री दाहालले राहदानी लिन, राष्ट्रिय परिचयपत्र बनाउन, सवारी लाइसेन्स लिन, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट लिन, सरकारी अस्पतालमा उपचार गराउन, मालपोत, नापी, करदस्तुर बुझाउन सेवाग्राहीले अहिलेजस्तै एक महिनापछि पनि लाइनमा बस्नुपर्न अवस्था आए सम्बन्धित अधिकारी कारबाहीमा पर्ने बताए।

    उनले सचिवहरूलाई सुशासनसम्बन्धी ३० बुँदे निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले ठूला आयोजनामा विनियोजन भएको बजेट, हालसम्मको खर्च तथा भौतिक प्रगति विवरण र विकास आयोजनालाई तीव्रता दिने उपायसहितका योजना तत्काल तयार गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन्। चुनावका क्रममा प्रधानमन्त्री भएर मुलुकमा सुशासन, विकास र समृद्धिको नेतृत्व गर्ने रहर भएको बताएका दाहालले सिंहदरबारमा पुगेपछि प्रशासनिक कार्यालयमा सचिवहरूलाई सुशासन कायम गर्न निर्देशन दिएका हुन्।

    ‘म प्रमुख कार्यकारी भूमिकामा तेस्रोपटक र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक तपाईंहरूसमक्ष उपस्थित भएको छु। अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संघीय सरकार गठन भएको छ। अहिले तपाईंहरूकै भरमा मैले धेरै मन्त्रालयका काम गर्नुपर्ने भएको छ। यो जिम्मेवारी तपाईंहरूबाट पूरा हुने विश्वास लिएको छु,’ दाहालले निर्देशनका क्रममा भने। उनले चालु आर्थिक वर्षको करिब आधाआधी समय व्यतीत भइसक्दा पुस १५ सम्म राजस्व वार्षिक लक्ष्यको करिब २५ प्रतिशत मात्र संकलन भएकोमा चिन्ता व्यक्त गरे।

    ‘अनुदानसहितको स्रोत करिब २७ प्रतिशत संकलन भएको र यो अवधिमा कुल खर्च करिब २८ प्रतिशत मात्र भएकाले संकलित आयस्रोतभन्दा बढी खर्च भएको देखियो। चालु खर्च करिब ३३ प्रतिशत र पूँजीगत खर्च करिब ११ प्रतिशत मात्र भएको छ। वैदेशिक अनुदान ५५ अर्ब प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पुस १५ सम्म ३ अर्ब ४२ करोड (करिब ६ प्रतिशत) मात्र प्राप्त भएको छ,’ उनले भने। प्रधानमन्त्री दाहालले संघीयता लागु भएपछि घरदैलोमा सहज सेवा पाउने जनअपेक्षा पुरा नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। प्रधानमन्त्री दाहालले मन्त्रालय र विभागमा बिनाकामका कर्मचारी थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्ति अभाव भइ जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्नेमा जोड दिएका थिए।

    ‘प्रदेश तथा स्थानीय तहमा करिब एकतिहाइ कर्मचारी दरबन्दी रिक्त हुँदा सेवाप्रवाह र विकास निर्माणमा असर परेको छ । संघीय निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा तत्काल जनशक्ति आपूर्ति गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागोस्,’ उनले भने, ‘संघीय निजामती ऐन संसद्मा पेस गर्नेगरी तयारी पनि गर्नुहोस्।’

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.