काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आज (बुधबार) बिहान बसेको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिंदैछन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।








