चितवन । चितवनमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ९ जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबार १७० वटा नमुना परिक्षण गरिएकोमा चितवनको ९ जनासहित १९ जनामा कोरोना पुष्टि भएको मेडिकल कलेजले जनाएको छ । भरतपुरको वडा नम्बर ५ का एक जना,७ का दुई जना,१० का चार जना,१६ र २६ का एक एक जना रहेका छन । अन्य जिल्लाका १० जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमण पुष्टि हुनेमा पूर्वी नवलपरासी गैंडाकोट–८ का २५ वर्षीया महिला, विनयी त्रिवेणी–६ का ५५ वर्षीय पुरुष गरि २ जना, बाराको जितपुर–१७ का ५३ वर्षीय पुरुष र कलैया–३ का २५ वर्षीया महिलागरि २ जना, मकवानपुरको हेटौंडा–११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा–२ का ४५ वर्षीया महिला, दाङ लमही–५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर–२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी–४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज–३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।









