काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।
शनिबार चितवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भागवण्डा मिलेको खण्डमा नेपाली कांग्रेस यही गठबन्धन सरकारमा सहभागी हुने समेत बताएका छन् ।
उनले गृह मन्त्रालय अहिले खाली भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय अफर गरे आफूहरु सरकारमा जान तयार रहेको उनले बताएका छन् ।








