रुपन्देही । कोरोना भाइरसको संक्रमण व्यपक बन्दै गएको सन्दर्भमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध भर्चुअल (अनलाइन) विधिबाट गर्न सर्वसाधरणसँग आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्नगराउन भनेको हो । नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ ।









