• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

विद्युतीय राहदानी: एक महिनाका लागि अनलाइन बुकिङ खुला

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ–विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ। हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने छन्। थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले जनाएको छ।

    समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जानेछ। विभागका महानिर्देशक सुरेन्द्र यादवले सेवाग्राहीले अहिले जस्तो एउटै समयमा फाराम भर्न कुर्नु नपर्ने बताए । उनले भने, “अब आरामसँग फाराम भरेर आफूले चाहेको मितिमा इनरोलमेन्टका लागि आउँदा हुन्छ।” एक महिनाका लागि अग्रिम फाराम भर्नका लागि पहिलो दिन सोमबार अपरान्ह साढे ३ बजे खुलाइयो। उनले माघ १७ गतेदेखि भने जुनसुकै समयमा भर्न सकिने गरी अग्रिम बुकिङका लागि सर्भर खुला रहने जानकारी दिए। उनका अनुसार दिउँसो भ्याइएन भने राति १० बजे अनलाइन बसेर पनि विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ।

    यसरी अनलाइन फारामको समयावधि एक महिना गराइसकेपछि तोकिएको मितिमा मात्र सेवाग्राहीले विभाग परिसरमा पाइला टेक्दा हुने नीति विभागले अवलम्बन गरेको छ। अब हरेक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। यसले विभागमा अहिलेसम्म हुँदै आइरहेको अचाक्ली भीडभाड र अस्तव्यस्तताको अन्त्य हुने दाबी विभागले गरेको छ।

    विभागका निर्देशक डमरुबल्लभ पौडेलले भने, “एक महिने अग्रिम बुकिङले आफ्नो समयमा आउने र बायोमेट्रिक गरेर फर्कन सकिने भएकाले पनि सहज हुने आशा राखेका छौँ।” पौडेलका अनुसार विभागको अनलाइन प्रणालीमा गरिएको सुधारका कारण यो अभ्यासले सहज सेवा पहुँच हुनेछ तर विगतको जस्तो सबैजना एकै पटक एउटै समयमा अनलाइन फाराम भर्न बसेको खण्डमा भने सर्भरमा बढी चाप भएर समस्या आउन सक्छ। उनका अनुसार यस व्यवस्थाले विभागले हरेक दिन एक महिनाका लागि एक हजार पाँच सयको दरमा फाराम खुलाउँदा महिनाको चार हजार जनाले फाराम भर्न सक्ने छन्।

    त्यो दरमा फाराम दर्ता हुन्छ कि हुन्न भन्ने सर्वेक्षण गर्न र जिल्ला तथा इलाका प्रशासनको कार्यक्षमताको मूल्याङ्कन गर्न पनि यो व्यवस्थाले सघाउनेछ। फाराम भर्नकै लागि अनलाइन सुविधा खोज्दै साइबर पुग्ने अवस्थाको अन्त्य केही हदसम्म गर्न सकिने दाबी उनले गरे। यसले बिचौलियालाई फाराम भर्नकै लागि अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने मनसाय विभागले राखेको छ। जिल्लाको सेवासुविधा विस्तारका लागि गृह मन्त्रालयसँग समन्वय गरेर क्षमता बढाउन विभागले अनुरोध गरेको छ।

    योसँगै अब राहदानी छिटो दिलाउन कुनै पनि दबाब विभागलाई नदिन, आफ्नो समयबाहेकमा आएर भीडभाड नगर्न र राहदानी तयार भएको वा अस्वीकार भएको मोबाइल सन्देशअनुसार मात्र लिन र पुनप्र्राप्तिको प्रक्रियामा सहभागी हुन सेवाग्राहीलाई विभागले अपिल गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.