• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

चितवन क्षेत्र नम्बर २ का मतदातालाई अभिभाबकत्व दिन्छौ : डा. कोईराला

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले चितवन क्षेत्र नम्बर २ का मतदातालाई अभिभावक बिहिन नठान्न आग्रह गरेकाछन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अबिधेशनको आज सौराहामा उद्घाटन गर्दैै उनले यस क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त रहेको भन्दै मतदाता संगसंगै कांग्रेस रहेको बताए । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रबि लामिछानेको सांसद पद सर्बोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

    कोईरालाले भने “तपाई मतदाताहरुले फेरी दुःख पाउनु पर्‍याे । ढुक्क भएर लोकतान्त्रीक शक्तिलाई जिताउने तर्फ तपाईहरु लाग्नुस् ।” उनले अन्य राजनैतिक दलहरुसंग छलफल गरेर राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई बिजयी गराउने बताए । उनले भने “सत्ता सिन केही दलहरुले काङ्ग्रेसले भाँजो हाल्न खोज्यो भन्नु भएको छ । हामी संसदको ठूलो दल भएकाले हाम्रो दावि रहन्छ ।” प्रतिपक्षमा रहेर आफ्नो भूमिका खेल्ने उनको भनाई थियो । राष्ट्रपतिको निर्बाचनमा काङ्ग्रेसले आफ्नो उम्मेदवारलाई बिजयी गराउने गरी अघि वढेको उनले बताए ।

    प्रतिपक्षी भनेको गभरमेन्ट इन ओईटिङ् रहेको उनको भनाई थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै उनले यसलाई कसरी समाधान गर्ने भन्ने बिषमा काङ्ग्रेसमा छलफल भईरहेको बताए । फरक प्रसंगमा बोल्दै उनले काङ्ग्रेस सधैं स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए । उनले भने “स्वतन्त्र न्यायलय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन सक्दैन ।” लोकतन्त्र नफस्ट्याए सम्म बिकास सम्भव नभएको उनले बताए । लोकतन्त्र बचाउन न्यायपालिका र प्रेस जगत स्वतन्त्र हुनु पर्ने उनको भनाई थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेस जगतमाथि प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने बताए । उनले पछिल्लो समय संगठन वनाउनु भन्दा गुट बनाउन लागेका कारण काङ्ग्रेस कम्जोर वनेको बताए । उनले भने “गुट निर्माणमा होईन संगठन निर्माणमा लागौ ।” अर्का केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले कम्जोरी दवाउने काममा प्रेस जगत लाग्न नहुने बताए । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नु पर्ने उनको भनाई थियो ।

    केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताए । उनले भने “लोकतन्त्र सिध्याउने खेलको बिरुद्ध कलम चलाउन जरुरी छ ।” कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकार जगत माथि आक्रमण बढेको बताए । यस्ता घटनाको निन्दा गर्दै उनले त्यस्ता कृयाकलाप प्रति सजग रहन पत्रकारहरुलाई आग्रह गरे । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका पक्षमा सबै एक भएर लाग्न जरुरी रहेको बताए ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्ब अध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिब दिलिप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाखर पराजुली, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ब बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, दामोदर दवाडी, सामुदायीक रेडीयो प्रकाशक संघका महासचिब किशोर जंग थापा थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगाएतले बोलेका थिए ।

    अबिधेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी रहेका छन् । अबिधेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवनका सचिब प्रस्ताब सुबेदीले बताए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.