• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै नेवापसले अघि सारेका कार्यहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले नेवापसले समसामयिक वातावरणीय मुद्दाहरूलाई निकै मेहनतसाथ र मार्मिकरूपमा प्रस्तुत गरेकामा धन्यवादसमेत दिनुभयो । नेवापसको ज्ञापनपत्रमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, “जलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने छ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ ।

    नेपालको शिरशोभाका रूपमा रहेका यी हिमपर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुनेमात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ ।” हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विष्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ ।

    ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची) लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम् प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्यसुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँनयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ ।

    नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरु कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौं रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ । नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि त्यस अवसरमा अवगत गराइएको थियो ।

    समूहले यो वर्ष सन् २०२३ नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिणपूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो । वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.