चितवन । चितवनमा बिरामीको उपचारका लागि रगतको अभाव भएपछि सुरक्षाकर्मीहरूले रक्तदान गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय र युवा उद्यमी मञ्च चितवनले संयुक्तरूपमा रक्तदान कार्यक्रम गरेका थिए। चितवन प्रहरीका प्रमुख एसपी नान्तिराज गुरुङ अनुसार रगतको बढ्दो अभाव कम गर्न र नागरिकमा रक्तदानबारे सचेतना जगाउन सुरक्षाकर्मीहरू रक्तदानमा सहभागी भएका हुन । ४१ जना प्रहरीहरूले रगत दान गरेको मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराइले जानकारी दिए। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले समुदायको निम्ति रक्तदान गरेको एसपी गुरुङले बताए।








