• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देशकै उत्कृष्ट आईसोलेशनः जहाँ सङ्क्रमितहरु आफुलाई घरमा भन्दा बढी सुरक्षित महसुस गर्छन्

  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पूर्बी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा संचालित आईसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितहरुले आफुहरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् । सेवा र सुबिधाका कारण देशमा ख्याती कमाएको यस प्राकृतिक चिकित्सालयमा उपचार गराईरहेका कोरोना संङ्क्रमित पत्रकार रमेश बस्ताकोटीले यो तहको आईसोलेशन केन्द्र देशमा अन्त कतै नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “यहाँ घरमा भन्दा बढी सङ्क्रमितहरुको ख्याल गरिएको छ । सङ्क्रमितहरुको खान पान , ब्यायाम , योगा , ध्यान देखि लिएर जडिबुटी जन्य औंषधीको प्रयोगमा प्रत्यक्ष चिकित्सकहरुले निगरानी गर्छन् ।” उहाँले त्यहाँ पुगेपछी सङ्क्रमितहरुको मनोबल उच्च हुने बताउनुभयो । देशको अन्य आईसोलेशन केन्द्रका ब्यबस्थापन र बाताबरणका बिषयमा प्रश्नहरु उठिरहेका बेला यहाँको कुशल व्यवस्थापन , स्वास्थ्यकर्मीले गर्ने व्यवहार, पारिबारिक बाताबरणको सङ्क्रमितहरुले खुलेर प्रशंसा गरेका छन् । प्राकृतिक चिकित्सा पद्धतिमा उपचार गर्नका लागि समुदायको पहलमा वि।सं।२०६४ सालमा महायज्ञ लागाएर स्थापना गरिएको यो अस्पताललाई यति बेला कोरोना सङ्क्रमितको उपचार गर्ने गरि अस्थायी कोरोना अस्पतालको रुपमा सन्चालन गरिएको हो । जिल्लाका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारको पहलमा जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको अस्पतालका निर्देशक डाक्टर बिनोद पौडेलले बताउनु भयो । सो अस्पतालबाट हाल सम्म ३ सय २९ जना कोरोना मुक्त भएर घर फर्किएका र हाल १ सय ५ जना सङ्क्रमितको उपचार भईरहेको अस्पतालका निर्देशक पौडेलले बताउनुभयो । सो अस्पतालमा स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार गरिदैं आएको छ । सङ्क्रमित व्यक्तिलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, ध्यान र प्राणायामको दिनहुँ अभ्यास गराईन्छ । पौडेलले भन्नुभयो “हाम्रो प्रयास सङ्क्रमितहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने नै हो । धेरै संक्रमितहरु १० देखि १५ दिन भित्र निको भएका छन् । उहाँहरु सबैको मनोबल उच्च छ ।” उहाँले थप्नुभयो “प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्र्रमित खराब अवस्थामा पुगेका छैनन् ।” खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेको उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलको भनाई छ । अस्पतालको सुरुवाती अबस्था देखिनै ब्यबस्थापन हेर्दै आउनुभएका हरि सापकोटाले आफुहरुको ध्यान नै सङ्क्रमितलाई खुशी बनाएर छिटो निको पार्नेमा केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रा सबै कर्मचारीको ध्यान नै संक्रमित छिटो निको होस् भन्ने हुन्छ , सबै दिनरात सेवामा खट्नु हुन्छ , सेवाग्राहिहरु पनि खुशी देख्छु । “ उहाँले प्राकृतिक चिकित्साको विधिबाट उपचार गरिने भएकाले त्यो कोरोनाको सन्दर्भमा प्रभाबकारी देखिएको छ भन्नुभयो । सङ्क्रमितहरुलाई दैनिक ४ पटक खानेकुरा र प्रसस्त फलफुल दिने उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको उपचारका लागि चिकित्सालयले कुनै शुल्क लिएको छैन । सङ्क्रमण देखिए पछि अस्पताल पुगेका कावासोती नगरपालिका वडा नम्बर २ का भरत पोखरेलले अस्पतालको सेवा बाट आफू अत्यन्त प्रभाबित भएको बताउनुभयो । उहाँले भन्नुभयो,“अस्पतालको उपचार पद्धति , खानपान र चिकित्सकहरुको व्यवहार, पारिवारिक वातावरणले कोरोनालाई सजिलै परास्त गर्न सकिने बिश्वास लागेको छ, साच्चै यो देशकै नमुना आईसोलेसन हो ।“ रोटरी क्लब अफ कावासोतीका सस्थापक अध्यक्ष समेत रहनुभएका पोखरेलले सेवाबाट प्रभाबित भएर रोटरी क्लबहरु मार्फत सङ्क्रमितहरुका लागि आबश्यक सामान समेत जुटाईदिनुभएको छ । उहाँले शनिबार मात्र रु ७० हजार बराबरको सामान सहयोग जुटाईदिनुभएको थियो । उहाँले भन्नुभयो “अस्पतालमा गरिने प्राकृतिक पद्धतिको उपचार, विहानको योग, ध्यान र बेलुकी पखको खेलकुद, अन्य रमाईलो कार्यक्रमले हामीलाई तनाव मुक्त बनाएको छ ।” प्राकृतिक सुन्दरता, हरियाली र शान्त वातावरणले पनि उपचार र बसाईमा निकै सहज भएको उहाँको भनाई छ । छिट्टै कोरोनालाई जितेर फर्किने बिश्वास पोख्रेलले गर्नुभयो । सङ्क्रमितहरुको उपचारका लागि जिल्ला समन्वय समिति, जिल्लाका ८ वटै स्थानीय तह र प्रदेश सरकारले खर्च ब्यबस्थापन गरेका छन् ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.