काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ ।
गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन दिएका थिए ।
उनको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन् ।








