• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

लोकतन्त्रविरुद्ध ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको बताए। ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ।

    गल्ति-कमजोरी, असल-खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्रमात्र सम्भव छ,’ महरले भने। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उत्क अभिव्यक्तिलाई इंगित गर्दै महरले उक्त धारणा राखेका हुन्। त्यसैले जुनसुकै कुनाकन्दराबाट थालिएको लोकतान्त्रिक व्यवस्था विरोधी ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न छोडेर लोकतान्त्रिक पद्धतिका माध्यमबाटै जनता र देशको समुन्नतिको महाअभियानमा लाग्ने प्रेरणा लोकतन्त्रवादी र सबैखाले अतिवादीहरूमा मिल्नुपर्ने उनले बताए।

    मुलुकको समृद्धिका लागि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनुपर्ने महरको भनाइ छ। नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति सच्चा सम्मान पनि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेमात्रै हुने उनले बताए। ‘जनताको आन्दोलनले निरङ्कुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ। एक सय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुण्ठित पारेको थियो। मानव अधिकारको उपयोग गर्न पाएका थिएनन्। राणाहरूको निरङ्कुश शासनबाट दबिएका जनता बिस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।

    देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले २००७ फागुन ७ गते सफलता पाएसँगै राणा शासनको अन्त्य गरी प्रजातन्त्रको घाम उदाएको थियो,’ उनले भने। जनताको शक्तिका अगाडि जस्तोसुकै निरङ्कुश शासकहरूले पनि घुँडा टेक्नै पर्ने बताउँदै लोकतान्त्रिक चरित्र भएको नेता नै सच्चा जनप्रिय नेता हुने उनले बताए। ‘विश्वको इतिहासले पनि यही देखाएको छ। रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौँको निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति यसका केही उदाहरण हुन्,’ महरले भने। नेपालमा लोकतन्त्रको स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा जसरी परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसके पनि धेरै सकारात्मक प्रभावहरू भने पक्कै परेको महरले दाबी गरे।

    जनताले मौलिक हकको निर्वाधरुपमा उपयोग गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ। ‘जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन सक्दछन् । विकासका लागि नयाँ सोच र अवधारणा आउनुका साथै सुशासन र जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको छ । विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थापित भएको छ,’ उनले भने। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

    प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको मानिन्छ। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ। आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.