चितवन । पुरानो मेडिकल कलेजमा उपचार गराएर कोरोना संक्रमण निको भएकी एक महिलाको मृत्यु भएको छ । कलेजका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षिया महिलाको आज मृत्यु भएको हो । कोरोना जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी महिलाको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला उनको मृत्यु भएको हो । आज उनको मृत्यु भएको अस्पतालका कोभिड कोडिनेटर डा.प्रिया पाठक जानकारी दिईन् । ती महिलालाई कोरोना पुष्टि भएपछि उनको हेरचाहमा खटिएका दुई जना आफन्तहरुलाई पनि कोरोना पुष्टि भएको थियो । उनीहरुको हाल नवलपुर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचार भइरहेको छ ।








