• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणी किनारमा फागुन १७ गते आरती स्थलको शिलान्यास: मेयर दाहाल

  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनारमा आरती स्थलको शिलान्यास हुन लागेको बताएकी छन् । माघ १२ गतेदेखि नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको सोमबार समापन समारोहमा बोल्दै मेयर दाहालले फागुन १७ गते आरती स्थलको शिलान्यास हुने जानकारी दिइन् । नारायणी किनारमा आरती स्थल निर्माण, गौ वनको व्यवस्थालगायतका माग राखि केहि समय अघि महायज्ञका संकल्पकर्ता प्रेमनिधी भारद्धाज अनसन पनि बसेका थिए ।

    मागलाई स्थानीय र केन्द्रीय स्तरबाट पुरा गराउनका लागि पहल गर्ने मेयर दाहालको आश्वासनपछि भारद्धाजले अनसन तोडेका थिए । आफ्नो प्रतिबद्धता अनुसार करिब दुई करोड रुपैयाँको लागतमा आरती स्थल बनाउन लागिएको दाहालले बताइन् । ‘आरती स्थलको लागि ठाउँ र बजेटको सुनिश्चितता भएर ठेक्का आह्वान पनि भइसकेर बुधबार यहाँ शिलान्यास गर्ने काम हुँदै छ’, उनले भनिन्, ‘यहाँ सिढिँसहितको तटबन्धको पनि काम भइरहेको छ । तटबन्ध गर्दा आरती स्थल बनाउने ठाउँलाई छाडेर गरिन्छ ।’ आरती स्थलको मेयर दाहाल आफैले शिलान्यास गर्दै छिन् ।

    नारायणी किनारलाई सि बिच मोडलमा विकास गर्न नारायणी नदी व्यवस्थापन आयोजनाले सिढिँसहितको तटबन्ध बनाउने काम गर्दै छ । धार्मिक स्थल देवघाटको विकासका लागि पनि महानगरले योजना बनाइरहेको दाहालले बताइन् । ३३ दिनसम्म चलेको महायज्ञ सोमबार विधिपूर्वक सम्पन्न गरिएको छ । सामुहिक प्रयासबाट नै महायज्ञ सफल रुपमा सम्पन्न भएको महायज्ञका संयोजक र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष समेत रहेका भारद्धाजले बताए ।

    आफुले राखेका माग अनुसार अब गौ वनको व्यवस्था गर्न उनले मेयर दाहाललाई आग्रह गरेका छन् । महायज्ञका प्रमुख संरक्षक एवम् हरिहर सन्यास आश्रमका पीठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नदी किनारमा विगतमा पुरा नगरी छाडिएको महायज्ञ अब पूर्ण भएको बताए । गायत्री मन्त्रद्धारा हवन भएको यज्ञ सफलतापूर्वक सम्पन्न भएको उनले खुसी व्यक्त गरे । उप्रान्त नारायणी नदीमा ढल नमिसाउन नगर प्रमुख दाहाल र आम नागरिकलाई उनले आग्रह गरे ।

    वातावरण शुद्ध बनाउन र विश्व शान्तिका लागि हवनको महत्व रहेको धार्मिक अगुवाहरुको धारणा छ । महायज्ञको समापन समारोहमा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की, समाजसेवी उमाशंकर अग्रवाल, चैतन्य कृष्णजी, स्वामी डा विमलानन्द, ब्रम्हचारी सुभाव चैतन्य लगायतको सहभागी रहेको थियो ।

    ३३ दिनसम्म चलेको महायज्ञ श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको हो । महायज्ञमा फागुन १२ गते सवा करोड दीप प्रज्वलन समेत गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.