• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कोरोना प्रभावका कारण चितवनका पत्रपत्रिकाहरु बन्द

  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर : कोरोना प्रभावका कारण चितवनका पत्रपत्रिकाहरु बन्द हुने भएका छन् । जिल्लामा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोना भाइरस)को महामारीलाई मध्यनजर गर्दै पर्सि बुधबारदेखि १० दिन पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् ।
    सोमबार भरतपुरमा जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक तथा व्यवस्थापकहरुको भेलाले पत्रिका बन्द गर्र्दै अनलाइन संस्करण मात्र प्रकाशन गर्ने निर्णय गरेको हो । विषम परिस्थितिमा नियमितरुपमा पत्रपत्रिका प्रकाशन गरी ग्राहकको हातमा पु¥याउन निकै कठिन हुने अवस्था सिर्जना भएकाले केही समय बन्द गर्ने निर्णय गरिएको कायाकैरन दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक राजेश घिमिरेले बताए ।
    त्यस्तै चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोबिन्द अर्यालले महामारीका कारण सबैले अप्ठ्यारो महसुस गरिरहेको र सरकारले देशलाई नै करिब–करिब ‘लकडाउन’ गरिसकेको अवस्थामा पत्रिका नियमित प्रकाशन गर्न अप्ठ्यारो भएको बताए । “कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गरे अहिले बजार पूरै बन्द छ । न्यूज प्रिन्टको अभाव छ । मुद्रण व्यवसायीले पत्रिका नियमित प्रकाशन गर्न नसक्ने जानकारी गराएका छन् । पत्रिकाका रिपोर्टर तथा सञ्चारकर्मी एवं कर्मचारीलाई नियमित काममा खटाउन सक्ने अवस्था समेत छैन । पत्रपत्रिकाको माध्यमबाट समेत भाइरसको प्रसार एक व्यक्तिबाट अर्कोमा सजिलै हुन सक्ने जोखिम पनि त्यत्तिकै छ”, कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालले भने, “त्यसैले हामीले केही दिनका लागि अनलाइन मात्रै सञ्चालन गर्ने निर्णय ग¥यौं ।”
    शुभेच्छा सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले पत्रिका बन्द भएपनि निरन्तर सूचना पाउने आम पाठकको हक कुण्ठित हुन नदिन पत्रकारहरुले विभिन्न माध्यमको प्रयोग गर्ने बताइन् ।
    निर्णयमा जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकाहरु चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्याल, कायाकैरन दैनिकका अध्यक्ष राजेश घिमिरे, लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटा, सञ्चारपत्र दैनिकका प्रधान सम्पादक राजु चौधरीले हस्ताक्षर गरेका छन् ।
    त्यसैगरी साप्ताहिक पत्रिकाहरु चुरे सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक सुरेशचन्द्र अधिकारी, चितवन साप्ताहिकका प्रकाशक÷सम्पादक गणशेखर शर्मा, आक्रमण साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक टिकादत्त तिमिल्सिना, जोश साप्ताहिकका प्रकाशक हरिप्रसाद उप्रेती, उज्यालो एक्सप्रेस साप्ताहिकका प्रबन्धक विष्णुप्रसाद पौडेल, राजधानी आस्था साप्ताहिकका प्रकाशक नवराज ढकाल, शुभेच्छा सन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले हस्ताक्षर गरेका छन् ।
    त्यस्तै, भण्डाफोर अभियान साप्ताहिकका प्रकाशक सूर्य बराल, नमस्ते बिहानी साप्ताहिकका प्रधान सम्पादक राजेन्द्र आचार्य, चित्रवन सन्देश साप्ताहिकका सम्पादक सुमन गैरे ‘शशीधर’, उज्यालो टाइम्स साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक राजु भट्ट, हेल्लो चितवन साप्ताहिकका प्रकाशक÷सम्पादक दीपेन्द्र पौडेल, चितवन खबर अर्ध साप्ताहिकका महाप्रबन्धक हरि कार्की, चितवन ज्योति साप्ताहिकका प्रकाशक, नवीनबाबु मरहठ्ठा, अग्रता साप्ताहिकका प्रकाशक÷सम्पादक शान्ता अधिकारीले हस्ताक्षर गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.