• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणगढ बजारमा पार्किङको समस्या,व्यापारमा समेत असर

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ। वित्तीय सङ्घ/संस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रका रूपमा रहेको बजारमा खुला ठाउँको अभाव भएपछि साना तथा ठूला सवारीसाधन रोकेर राख्ने स्थान नहुँदा त्यसको असर व्यापारमा समेत परेको छ।

    निर्माणाधीन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ। पुरानो संरचना भएकाले यहाँका घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। नयाँ बनेका सीमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन्। नारायणगढको ओरालोदेखि पुलचोक हुँदै पोखरा बसपार्क, मिलनरोड, कमलनगर, बेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन्। यही स्थानमा बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सहकारी, ठूला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन्। ती स्थानमा आउने उपभोक्ताले ल्याउने सवारीसाधन तथा सार्वजनिक सवारीसाधन रोकिराख्ने स्थानको अभाव भएको छ।

    नारायणगढको मुख्य मार्गमा छ लेनको सडक बनेपछि अहिले सडकपेटीमा गरिँदै आएको पार्किङ हट्नेछ। अहिलेको सडकपेटीमा स्थानीय रुटमा चल्ने सवारीसाधन सञ्चालनमा आउनेछन्। सडकपेटीमा नै व्यापारिक पसलको सटर रहेको छ। पसलमा आउने ग्राहकले अन्यत्र सवारीसाधन पार्क गरेर पसल जानुपर्ने हुन्छ। त्यसो गर्दा व्यापार नहुने व्यवसायीले बताएका छन्। नारायणगढ बजारमा पार्किङको समस्या वृद्धि भएपछि अब बन्ने नयाँ घरको नक्सा पास गराउँदा अनिवार्य अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो।

    उहाँले भन्नुभयो, “वैकल्पिक पार्किङको व्यवस्था गरेका छौँ तर त्यो सानो भएका कारण बजारको आवश्यकतालाई धान्न सकेको छैन। सरोकारवाला सङ्घ/संस्थासँग छलफल गरेर निष्कर्षमा पुग्ने तयारी भइरहेको छ।” उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पार्किङको अभावमा यहाँको व्यापार प्रभावित भएको बताउनुभयो। आफ्नो सवारीसाधन भएका व्यक्तिहरू पार्किङको अभावमा नारायणगढ बजार प्रवेश नगरी अन्यत्र जाने गरेका छन्, समयमा पार्किङको व्यवस्था गर्न नसके यहाँको व्यापारमा नराम्रो असर पर्ने उहाँले बताउनुभयो।

    पार्किङको समस्या विकराल बन्दै गएपछि महानगरपालिकाले तत्काल कुनै योजना नल्याएको भरतपुर महानगरपालिका नक्सा शाखाका इन्जिनियर कृष्ण मल्लले बताउनुभयो। नयाँ बन्ने घरले अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने योजना ल्याएमा करमा केही छुटको व्यवस्था मिलाएका छौँ, उहाँले भन्नुभयो।

    अझै पनि घर निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङलाई अनिवार्य गरिएको छैन। अहिले आफ्नो साधन लिएर कुनै सामान खरिद गर्न जान सकिने अवस्था छैन। इन्जिनियर मल्लले भन्नुभयो, “कार, मोटरसाइकल पार्क गरेर राख्ने ठाउँ पाइँदैन, सडकमा नै राख्नुपर्ने हुन्छ। सडकमा राख्दा जाम हुने अवस्था छ। त्यसैले टेम्पो चढेर बजार जाने गरिएको छ।”

    भरतपुरको ओरालोदेखि पुलचोक हुँदै प्रमुख व्यापारिक क्षेत्रको सडकमा नै साधन पार्क गरिँदै आएको छ। मुख्य सडक विस्तारपछि सडकमा पार्क गर्न नपाइने व्यवस्था हुँदा यहाँको बजार आउनेलाई निजी साधन पार्किङ गर्न आउने दिनमा पनि जटिल हुने देखिएको छ। बजारमा पार्किङको समस्या भएका कारण नै निजी साधन लैजान नसकेको भरतपुरका स्थानीय ध्रुव ढुङ्गानाले बताउनुभयो। घरमा कार राखेर पैदल, सार्वजनिक साधन चढेर जान बाध्य भएका छाैँ, यो समस्या समाधानमा महानगरपालिकाको ध्यान जानुपर्ने उहाँले बताउनुभयो। यो खबर आजको गोरखापत्रमा छापिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.