चितवन । चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका १५ सहित १८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । चितवनको भरतपुर महानगरपालिकाको विभिन्न वडाका ५ पुरुष र १० महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै गैडाकोट नगरपालिकाको ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।








