चितवन । चितवनमा भदौं अन्तिमसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासान कार्यालय चितवनले भदौं ३१ गतेराति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदै छ । निषेधाज्ञा थप गरिएपनि पहिलाकोमा केहि परिवर्तन गरिएको छ । पसलहरु १० बजेदेखी ४ बजेसम्म खुल्न पाउने भएका छन् । तर सवारीसाधन संचालन गर्न भने निषेध गरिएको छ । सर्वसाधारणहरु नजिकको बजार पैदल जानुपर्ने भएको छ ।









