बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत १७ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जको रिपोर्ट अनुसार सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालयका १७ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटका प्रहरीलाई कोरोना देखिएको थियो । प्रहरी निरीक्षकलाई नै कोरोना देखिएपछि अरुलाई जाँच गरिएको थियो । परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टी भएको जनाईएको छ । उनीहरुलाई आइसोलेसनम राखिएको छ ।








