• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो ।

    पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । ‘पूर्वाधारमा लगानी’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । निर्माणमैत्री ऐन, कानुन नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उहाँले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरि नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताउनुभयो । कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपालजस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको अध्यक्ष सिंहले बताउनुभयो ।

    इफाप्काका महासचिव पनि रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार वीरेन्द्रराज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६औँ इफाप्का सम्मेलन आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । इफाप्काका कार्यकारी निर्देशक लेभी भी एस पिरीतुले पूर्वाधारको क्षेत्रमा आ–आफ्नो अनुभव आदान–प्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो । विश्व वन्यजन्तु कोष नेपालका डा घनश्याम गुरुङले नेपालमा द्रुतगतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दिगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको टिप्पणी गर्नुभयो ।

    कार्यक्रमका मुख्यवक्ता एसियाली विकास बैंक पूर्वउपाध्यक्ष डा विन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । डा लोहनीले अबको समयमा सहरी विकासलाई प्राथमिकता दिँदा हरित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने भन्दै उहाँले विश्व बैंक, एसियाली विकास बैंक, पूर्वाधार विकास बैंकलगायतमार्फत लगानी ल्याउन फाइदाजनक हुने सुझाव दिनुभयो ।

    सम्मेलनमा विज्ञहरूबीच सार्वजनिक–निजी साझेदारीको विविध आयाम, खरिद कानुन, इपिसी कन्ट्रयाक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौतीलगायतका विषयमा छलफल भएको थियो । इफाप्का बोर्ड सदस्य सुशीलकुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.