• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा ९४ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको मृत्यु भयो । सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो ।

    खड्काले चलाएको बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते हुनुभयो । यस्तै, गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित चमतीमा ट्याङ्करको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो । प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

    यीमाथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र छ हजार आठ सय तीन सवारी साधन दुर्घटनाबाट एक सय २७ जनाको मृत्यु भएको छ ।

    यस्तै, एक सय ५४ जना गम्भीर घाइते भएका छन् भने पाँच हजार एक सय २७ जना सामान्य घाइते भएका छन् । पछिल्लोे तीन वर्षको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट चार सय ८४ जनाले ज्यान गुमाएका छन् । आव २०७७÷७८ मा नौ हजार पाँच सय ४५ सवारी साधन दुर्घटनाबाट एक सय ६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा सात हजार ९५ जना सामान्य घाइते भएका छन् । आव २०७८÷७९ मा १० हजार सात सय ३३ सवारी साधन दुर्घटनामा परेर एक सय ९१ जनाको मृत्यु भएको छ भने दुई सय ५७ गम्भीर घाइते र आठ हजार दुई सय ८१ जना सामान्य घाइते भएका छन् । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ ।

    काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउनुहुन्छ । “दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ ।

    साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन् । लामो समयसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गर्नुभएका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउनुहुन्छ ।

    “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्”, उहाँ भन्नुहुन्छ । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन् ।

    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.