• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

बाँझो जग्गामा ओखर खेती

  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलकोट । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो ।

    चालु आर्थिक वर्षमा रु दुई करोड २० लाखको लागतमा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेकोे नगरप्रमुख भरत शर्मा गेरैले जानकारी दिनुभयो । “यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतीमा चालु आर्थिक वर्षमा रु दुई करोड र चार आर्थिक वर्षमा रु दुई करोड गरी चार करोड खर्च हुनेछ, यहाँका किसान उत्साहित भएका छन्, दुदीलाभाटी, डाँडाखेत र रमुवामा खेती लगाउने काम अन्तिम चरणमा पुगेको छ”, नगर प्रमुख गैरेले भन्नुभयो, मापदण्डअनुसारको खाल्टो तयार र आवश्यक सिँचाइको सुविधा भइसकेको र बिरुवासमेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ, बाँझो जग्गा सदुपयोग मात्रै हैन त्यहाँका किसानले महँगो मूल्यमा ओखर बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।”

    यस वर्ष रु दुई करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुनः रु दुई लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेती गर्न अध्ययन गर्दा बाँझो जग्गा सदुपयोगसमेत हुने गरी ओखर खेतीका लागि गरिएको प्रस्ताव स्वीकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख सङ्घीय सरकार, गलकोट नगरपालिकाको रु ६० लाख र किसानको रु २० लाख सहकार्य हुने सुवेदीले बताउनुभयो ।

    नगरपालिकाको एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइको जग्गामा १० हजार बिरुवा लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मलसमेत राखिसकिएको छ । दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइनेछ । “छ सय २५ रोपनी जग्गामध्ये पाँच सय रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुने र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसान उत्साहित बनेर काम गरिराख्नुभएको छ, बिरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, एक महिनाभित्रै बिरुवा लगाउनेछौँ ।”

    सुवेदीका अनुसार लगाइएको बिरुवाको हेरचाह, प्रविधिक सहयोग र सिँचाइ सुविधाका लागि नगरपालिकाले लगातार चार वर्षसम्म रु दुई करोड २० लाख नै खर्च गर्नेछ । वडा नम्बर १ दुदीलाभाटीमा चार हजार चार सय बिरुवा, वडा नम्बर ४ मा दुई हजार छ सय र वडा नम्बर १० तीन हजार ओखरका बिरुवा लगाइने छ । जिल्लामा पहिलो पटक गलकोटमा ओखर खेती गर्न थालिएको हो । सिँचाइको समेत काम भइरहेको छ जसका लागि प्लाष्टिक पोखरी निर्माण र पाइप जडान भइसकेको छ ।

    झाडी र बुट्यान भएको बाँझो जग्गामा किसानले ओखर खेतीका लागि छ महिनाअघिदेखि तयारी थालेका थिए । ओखर खेतीले पाँच वर्षपछि फल दिन थाल्ने र कार्यविधि बनाएर किसानलाई उक्त ओखर खेती हस्तान्तरण गरिनेछ । ओखर खेतीले नौ वर्षमा लगानी उठाउन सक्ने गरी अध्ययन भएको थियो । किसानले बाँझो जग्गा तयार गरेपछि नगरपालिकाको लगानीमा बिरुवा वितरण भएर अहिले लगाउने काम भइरहेको दुदिलाभाटी व्यावसायिक ओखर समूहका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिनुभयो । “यहाँ धेरै जग्गा बाँझो छ किसानलाई समूहमा आबद्ध बनाएर बाँझो जग्गाको सदुपयोग गर्नसमेत ओखर खेती प्रभावकारी भइरहेको छ”, मगरले भन्नुभयो ।

    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद,

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.