• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

बाख्रा मारेको झोंकमा बाघलाई मार्न मरेको बाख्रामा बिष हालियो

  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पदमपुरको वनमा एक साता अघि मृत भेटिएको भन्ने बाघलाई सिकारमा विष मिसाईएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कालिका नगरपालिका–७ स्थित उदयपुर सामुदायिक वनभित्रर्कोे केउरेनी ढापमा शनिबार दिउँसो वयस्क पाटे बाघ मृत भेटिएको थियो। पोस्टमार्टमको रिपोर्टबाट बाघको आहारमा विष हालिएको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा. अमिर षडौलाले जानकारी दिए । उनका अनुसार ’बाघको शरीरमा भएको परिवर्तन विष खाएर भएको हो र प्रारम्भिक अनुसन्धानले पनि मृत्युको कारण विषबाहेक अरू देखाएको छैन । मृत बाघको फोक्सोमा रक्तश्राव भएपनि अन्य रोग नभएको उनको भनाई छ । ”बाघले कुनै जनावरलाई मारेलगत्तै केही मासु खान्छ। बाँकी सिकारलाई घिसारेर झाडीभित्र लुकाउँछ। ”

    सिकार लुकाएर बाघ कतै गयो। फर्किएर बाँकी रहेको खायो। त्यसमा मान्छेले विष मिसाइदिएको हुनसक्छ,’ षडौलाले भने। त्यो क्षेत्रमा करिब एक हप्तादेखि उक्त बाघ लगातार देखिएको स्थानीयबासी बताउँछन्। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले करिब दुई महिनादेखि एउटा बाघ उदयपुर सामुदायिक वनमा रहेको जानकारी आफूले पाएको बताए। ’त्यो अवधिमा बाघले ६–७ वटा बाख्राहरू मारेछ। बाघले चौपाया मा¥यो भनेर केही निवेदन पनि आएका छन्,’ खनालले भने, ’आफ्ना चौपाया मारेको रिस फेर्न स्थानीयले सिकारमा विष मिसाइदिएको अनुमान गरेका छौं।’

    बाघले सताएपछि उसलाई मार्ने नियतले नै लुकाएर राखेको सिकारमा विष हालेको मृत शरीर र पोस्टमर्टम रिपोर्टबाट देखिएको उनले बताए। सूचना अधिकारी खनालका अनुसार सिप्लिकान (तरकारी) खोज्न वन गएका केही व्यक्तिहरूले ढापमा लम्पसार परेको बाघ देखेका थिए। ’बाघ देखेपछि उनीहरूको सातो गएछ। उनीहरू केही बेर लुकेछन्। निकैबेरसम्म पनि बाघ हलचल नगरेपछि हल्ला गरेछन्। अझै पनि नचलेपछि वन कार्यालयमा खबर गरे। त्यतिखेर दिउँसोको साढे २ बजेको थियो,’ खनालले भने, ’बाघले त्यो दिनको बिहानतिरै बाँकी सिकार खाइसकेको हुनुपर्छ।’ बाख्रा मारेको बदला लिन जंगलभित्र लासमा विष हाल्नु गम्भीर विषय भएको खनाल बताउँछन्।

    अनुसन्धानमा सहयोग गर्न पोस्टमर्टमको रिपोर्टसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चितवन राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको खनालले जानकारी दिए। डा. षडौला विष मिसिएको सिकार खाएर चितुवा, गिद्धहरू मरेको घटना धेरै भए पनि बाघ मरेको घटना कम रहेको बताउँछन्। ’। पछिल्लो गणनामा नेपालमा ३५५ वटा बाघ रेकर्ड भएका थिए। ती मध्ये १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा रेकर्ड भएका थिए।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.