• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

बालअधिकार समितिका पदाधिकारीहरुसँग गोष्ठी

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिकाले महानगर भित्र सरक्षण बिहिन अवस्थामा रहेका बालबालिकाहरुको सरक्षणको क्षेत्रमा निरन्तर काम गरिरहेको बताएको छ । स्थानीय सरकारको हैसियतले आफ्नो क्षेत्र अधिकार भित्र रहेका तर सरक्षणको पर्खाइमा रहेका बालबालिकाहरुको सरक्षण गरिरहेको जनाएको हो। सोमबार भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) ले बाल सरक्षण, त्यसको कानुनी सयन्त्र र हालको अवस्था बिषयमा नगर स्तरीय बाल अधिकार समितिका पदाधिकारीहरु सग एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

    कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) काठमाडौको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीय तहमा बालबालिकाको सरक्षण सम्बन्धि कानुनी सयन्त्रका बारेमा पनि बृहत् सम्बन्धमा छलफल भएको छ । गोष्ठीमा बोल्नु हुँदै नगर उप प्रमुख अधिकारीले कुनै पनि बालबालिका महानगरको न्यायिक दृष्टिबाट बन्चित नभएको प्रष्ट पार्नु भयो । भरतपुर महानगरपालिकाले बालबालिकाको क्षेत्रमा न्यायमुलक तरिकाबाट काम गरिरहेको बताउदै उहाँले अब कोहि बालबालिका हाम्रो सरक्षण भन्दा बाहिर रहन नपर्ने समेत ठोक्कुवा गर्नु भयो ।

    उपप्रमुख अधिकारीले महानगर भित्र मापदण्ड नपुगी सन्चालनमा आएका बालगृहहरुमा निरन्तर अनुगमन गरि मापदण्ड नपुगेका बालगृहहरुलाइ कारबाही गर्ने गरि काम भइ रहेको प्रष्ट पार्नु भयो । बालबालिकाहरुको हक अधिकारको सुनिश्चितता नभए सम्म समाजले बिकासको गति लिन नसक्ने उहाँको टिप्पणी रहेको छ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र भएका २३ वटै बालगृहहरुमा निरन्तर रुपमा अनुगमन गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकाले वडा न १३ र २३ लाई बालमैत्रि वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ । वडा न १३ को प्रक्रिया अन्तिम चरणमा पुगेको र २३ नम्बर आबश्यक प्रक्रियामा गएको महानगरपालिकाले जनाएको छ ।

    त्यस्तै भरतपुर २१ लाई पनि बालमैत्री वडा घोषणा गर्नको लागि तयारी भइ रहेको छ । महानगरपालिकाले यस अघि २०७६ सालमा वडा न १४ लाई बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ । भरतपुर महानगरपालिकाले स्थानीय सरकार सन्चालन ऐन २०७४ ( १ ) अनुसार बालबालिकाको सरक्षण र सम्बर्द्धन गरिरहेको छ । भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ ।

    महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो । सन् २०१७ मा गरिएको एक तथ्यांकअनुसार ७६ प्रतिशत बालबालिकाहरु असुरक्षित रहेकोे देखाएको छ जस मध्ये ११ हजार बालबालिकाहरु जोखिममा रहेका छन । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ( सेलर्ड ) काठमाडौका सचिब तथा अधिबक्ता सुखदेब सापकोटाले स्थानीय तहमा बाल सरक्षणको बर्तमान अवस्था र चुनौती हरुका सम्बन्धमा र अधिबक्ता जगन्नाथ सुवेदीले बालबालिकाको सरक्षणका सम्बन्धमा हाल सम्म भएका प्रयासहरुको बारेमा कार्यपत्रप्रस्तुत गर्नु भएको थियोे ।

    कार्यक्रममा भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल,चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर महानगरपालिका स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक सरिता बिश्व कर्मा लगाएतको उपस्थिति रहेको थियोे । स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ को १ ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार स्थानीय सरकारलाइ दिएको छ । यस अघि गत पुस महिनामा सेलर्डले स्थानीय तहमा बालबालिकाहरुको सरक्षण र सम्बर्द्धन बिषयक एक दिने गोष्ठीको आयोजना गरेको थियोे ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.