चितवन । चितवनका १४ जना सहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ सहित अन्य जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला रहेकी छन् । यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका चार जना र कावासोती नगरपालिकाका एक जना, नवलपरासी पश्चिम बर्दघाटका एक जना, मकवानपुर र बाराका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।









