चितवन । चितवन ड्राइभिङ स्कुलद्धारा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन संँगको सहकार्यमा भरतपुरमा रहेको आफ्नै ट्रायल सेन्टरमा प्रशिक्षार्थीलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर बराकोटी र सहायक हवलदार लेखनाथ पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा पछिल्लो समय सवारी साधन चलाउनेहरूको संख्या बढ्दै गएको तर ट्राफिक नियमको बिषयमा पुर्ण ज्ञान नहुदा दुर्घटनाको जोखिम बढ्दै गएको बताउनु भयो । दुर्घटना न्यूनिकरणका लागि यस्ता सचेतनाका कार्यक्रमहरू सवारी प्रशिक्षण केन्द्रबाटनै बराकोटीको भनाई थियो । चितवन ड्राईभिङ स्कुलका प्रबन्धक माधब भुषालले आगामी दिनमा पनि यस्ता सचेतनाका कार्यक्रमहरू गर्दै लैजाने बताउनु भयो । उँहाले आफ्नो स्कुलबाट सवारी सिक्ने जो कोहीले पनि सचेतनाको कक्षा लिन सक्ने बताउनुभयो ।
बिहानी सत्रमा भएको कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरूले ट्राफिक सचेतनाको बिषयमा प्रशिक्षण लिएका थिए । जस मध्ये एक प्रशिक्षार्थी सवि सापकोटाले सवारी साधन गुडाउन सिकाउने मात्र नभइ ट्राफिक नियम तथा सवारी साधन सञ्चालन र दुर्घटना न्युनिकरणमा चालकको भूमिका महत्वपुर्ण रहेको अनुभव सुनाईन । उनले भनिन् ” म यसभन्दा अगाडि अर्को ड्राईभिङ स्कुलमा सिक्थे तर त्यँहा यस्तो सुविधा थिएन, सिधै बाहिर बाटोमा लगेर सिकाउने गरिन्थ्यो तर नियममा त्यसरि सिकाउन नपाईने रहेछ , यँहा त स्कुल भित्र सिकाउने रहेछ खुसी छु ” सो क्रममा चितवन ड्राईभिङ स्कुलबाट १५ दिने कोर्स पुरा गरेर सवारि चालक अनुमति प्राप्त गर्नुभएका २ जना पेमा थिङ् र दृष्टि पाण्डेले आफ्नो अनुभव सुनाएका थिए ।
चितवन ड्राईभिङ स्कुल भरतपुर ४ पिपलचोकमा एक महिनादेखि सञ्चालनमा छ । यस स्कुलले छोटो अवधिमा झन्डै बाईक स्कुटर तथा गाडी गरेर १५० भन्दा बढीलाई सैदान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिसकेको छ । करिब पाँच करोडको लगानीमा पुर्ण मापदण्डमा रहेर सञ्चालन भएको चितवन ड्राईभिङ यातायात कार्यालयमा चितवनमामा दर्ता भएर सञ्चालन हुने मध्यको पहिलो ड्राईभिङ स्कुल हो यस ड्राईभिङ स्कुलमा ७ दिने १५ दिने तथा १ महिने ड्राईभिङ कोर्सहरू रहेका छन् संगै छोटो समय सिक्नेहरूका लागि पनि समय अनुसारको कोर्सहरू उपलब्ध गराएको छ ।








