• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

भरतपुर महानगरपालिका प्रमुख दाहालद्वारा चौकीडाँडा खानेपानी आयोजनाको उद्घाटन

  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको आज (बुधबार) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताउनुभयो । यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उहाँको भनाइ थियो ।

    प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गर्नुभयो । प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गर्नुभयो ।

    यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ । संघीय सरकार, प्रदेश सरकारको ५ करोड ९५ लाख तथा भरतपुर महानगरको १ करोड ७५ लाख तथा ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो । उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी,आरुबोटे, सती डाँडाँका ३ सय ५० घर लाभान्वित हुनेछन् ।

    आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री घनश्याम दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ, पूर्व अध्यक्ष मान बहादुर मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.