• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

‘हिजोको फौजी, आजको नयाँ शक्ति’

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । जय जन्मभूमि पार्टी चितवनले हिजोको फौजीलाई आजको नयाँ शक्ति बनाएर समाजमा स्थापित गराउने प्रयास गरेको बताएको छ। पार्टीका चितवन जिल्ला अध्यक्ष एवम् चितवन २ का उम्मेदवार प्रेमबहादुर खड्काले देशमा पुस्तौँदेखि राजनीति गर्नेहरुबाट समाज रुपान्तरणको सम्भावना टर्दै गएको हुँदा फौजी पनि राजनीतिमा आउन बाध्य भएको बताए। विशेष गरी भूपू सैनिकहरुलाई संगठित गराउँदै नयाँ दल लिएर उदाउँदै गरेको जय जन्मभूमि पार्टीको माध्यमबाट देश विकासको बाटोमा हिँडेको बताउँदै उनले भने, ‘फौजीले कहिल्यै हार्न जानेको छैन।

    तर, यसपटकको निर्वाचनमा जनताको साथ चाहिएको छ।’ चुनावी प्रचारप्रसारका क्रममा भूपू सैनिक कल्याणकारी क्लब भरतपुर १२ इकाइ समितिले आयोजना गरेको चुनावी सभा एवम् कार्यकर्ता भेटघाटका क्रममा उनले थपे, ‘हामीसँग भएको अनुशासन, इमान्दारिता र कार्यानुभवले पनि देश विकास गर्न सक्षम छौँ।’ जिल्ला समन्वय समिति चितवनका निवर्तमान सदस्य केशरबहादुर अधिकारीले जनताबाटै माग भएको हुँदा भूपू सैनिक पनि राजनीतिमार्फत संगठित हुन थालेको बताए।

    ‘हामी नयाँ शक्तिको रुपमा उदाउनु भनेको देश र जनताको माग हो,’ उनले भने, ‘किनकि पुरानो दलबाट देशलाई फाइदा हुने काम गरेको भए नयाँ शक्तिको उदय हुने थिएन।’ देशको सेवा गर्न भन्दै २०५२ सालदेखि नेकपा एमालेमा बसेर काम गरेको बताउँदै उनले थपे, ‘पटकपटक सरकारमा पुगेको कुनै पनि दलबाट जनताले चाहेअनुसारको काम भएन, गर्नै चाहेन।’ त्यसैले यसपटक अन्यायमा परेका चितवनवासीलाई न्याय दिलाउन प्रेमबहादुर खड्काको माध्यमबाट जनतामाझ उपस्थित भएको उनको भनाइ छ।

    भूपू सैनिक कल्याणकारी क्लब चितवनका निवर्तमान सचिव रुक्माङगत शर्माले पुराना दलबाट विश्वमा चिनिएको नेपाललाई निकाश दिन नसक्दा नयाँ दलको उदय भएको बताए। ‘नेताहरुले आफ्नै दुनो सोझ्याउने र आफ्नै भाइ भारदारलाई पोस्ने काममात्रै गर्दा देशले यो युगसम्ममा पनि निकाश पाउन सकेन,’ उनले भने, ‘त्यसैले हामी संगठित हुन बाध्य भयौँ।’ भूपू सैनिक दिलबहादुर क्षेत्रीले भूपूको समस्या सीधै सरकारसमक्ष राख्न सक्ने माध्यम भएकोले जय जन्मभूमिलाई समर्थन गरेको बताए।

    पुराना दलहरुप्रतिको वितृष्णाले आजित भइरहेको बेला वैकल्पिक शक्तिको उदय हुँदा आफूले दल रोज्ने विकल्प पाएको उनको भनाइ छ। ‘स्थानीय तहमा कार्यकर्तालाई टाउको जुधाएर माथिल्लो तहका नेताहरु मिल्ने र छुट्टिने क्रम चलिरह्यो। त्यो हामीजस्ता कार्यकर्ताका लागि सह्य विषय भएन,’ उनले भने, ‘त्यसैले दल परिवर्तन गर्न बाध्य भएँ।’ भूपू सैनिकहरु हिजोको समयमा बिना दल संगठित भएको भन्दै अब राजनैतिकरुपमै संगठित हुन थालेको उनको भनाइ छ। ‘हामी हिजो कोही कांग्रेस, कोही एमाले र कोही माओवादी पार्टीसँग आवद्ध थियौँ।

    तर, अब हामी सबै भूपू जय जन्मभूमि भएका छौँ,’ उनले भने, ‘अब सबै भूपूलाई यसैमा संगठित बनाउँदै आम सर्वसाधारणको पार्टी बनाउँछौँ।’ भूपू सैनिक कल्याणकारी क्लब भरतपुर १२ का अध्यक्ष रेशमबहादुर बस्नेतले पनि भूपू सैनिकको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाए। पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भूपेन्द्रराज बस्नेतले अबको पाँच वर्षभित्र स्कुल जाने गरी पार्टीलाई विकास गर्नुपर्ने बताए। त्यसका लागि आजैदेखि तयारीलाई बलियो बनाउनुपर्ने जिम्मेवारी रहेको उनले बताए।

    उनले भने, ‘यो पार्टीलाई हामीले आम नागरिकको पार्टी बनाउन सक्नुपर्छ।’ उनी विवेकशील साझा पार्टी छाडेर जय जन्मभूमिमा प्रवेश गरेका हुन्।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.