• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

अरोमा कलेज भरतपुर बन्यो ‘एक्सपर्ट क्वीज च्याम्पियन’, उपाधिसंगै जित्यो ५० हजार

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनकै सर्वाधिक धनराशीको पहिलो संस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ । आइतबार भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो । अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त ग¥यो । अरोमाबाट रोशन भण्डारी र जेनिश सुवेदी प्रतिस्पर्धा गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको कार्यक्रममा अरोमाले कुल १५५ अंक ल्याउन सफल भएको थियो ।

    यस्तै भरतपुरको वाल्मीकि शिक्षा सदन फस्ट रनरअप बन्यो । अरोमा भन्दा ५ अंकले पछि पर्दै १५० अंकका साथ वाल्मीकि फस्ट रनरअप बनेको हो । उसले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त ग¥यो । वाल्मीकिबाट सनिश सापकोटा र अर्चना न्यौपाने प्रतिस्पर्धा गरेका थिए । त्यस्तै पूर्वीचितवनको रत्ननगरस्थित नेपाल नमुना माध्यमिक विद्यालय सेकेण्ड रनरअप बन्यो । नेपाल नमुनाले कुल १२५ अंक प्राप्त ग¥यो । उसले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त ग¥यो ।

    नेपाल नमुनाबाट बालकृष्ण कार्की र चेतना शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै भरतपुरको नारायणी पब्लिक कलेज र ग्रीनल्याण्ड पब्लिक स्कुल चौथो र पाँचौं स्थानमा चित्त बुझाए । नारायणीले ११५ र ग्रीनल्याण्डले ४० अंक प्राप्त गरे । उनीहरुले प्रमाणपत्रका साथै विभिन्न उपहारहरु प्राप्त गरे । नारायणी पब्लिकबाट हिमाल सुवेदी र अस्विन काफ्ले, ग्रीनल्याण्डबाट राजीव सेढाई र रश्मी आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई युनाईटेड टेक्निकल कलेज भरतपुरले भर्ना शुल्कमा क्रमशः एक लाख, ८० हजार र ७० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

    प्रतियोगितामा सहभागि अन्य ४८ वटा कलेजका विद्यार्थीहरुलाई भने ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । एक्सपर्टले पनि विद्यार्थीहरुलाई विभिन्न शुल्कमा छुट घोषणा गरेको छ । विजेताहरुलाई आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारी, ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टीङका रिजनल म्यानेजर मुकेश भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले विजेता तथा सहभागीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    फाइनल प्रतिस्पर्धाको बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले समुद्घाटन गरेका थिए । कार्यक्रममा सहभागि दर्शकहरुलाई भरतपुर महानगरपालिकाको हालका मेयर र उपमेयरको नाम के हो ? भन्ने प्रश्न सोधेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद जोशीले यस खालका कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक क्षमताको विकास गर्ने बताए । पछिल्लो समय विद्यार्थीहरु विद्यालयको किताबी ज्ञानमा मात्रै सिमित रहेको भन्दै यसले बाहिरी विषयहरुमा पनि जानकार रहनु पर्छ भन्ने कुरालाई ध्यान दिन प्रेरिरत गर्ने बताए ।

    कार्यक्रममा बोल्दै हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले एक्सपर्ट क्वीज च्याम्पियन चितवनकै नमुना कार्यक्रम बनेको बताए । उनले आगामि दिनमा यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै यसले विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने बताए । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारीले चितवनका ४८ वटा कलेजबीचको प्रतिस्पर्धाले विद्यार्थीहरुलाई आफ्नो क्षमता निखार ल्याउनमा महत्वपूर्ण सावित बनेको बताए । उनले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस खालको कार्यक्रम गर्नमा सदैव सहयोगीको रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

    ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टीङ (एएसए) का रिजनल म्यानेजर मुकेश भण्डारीले नेपाली विद्यार्थीहरुको क्षमता बढाउन यस खालको कार्यक्रम उपयोगी बन्ने बताए । उनले अष्ट्रेलियामा रहेका आफ्ना कलेजहरुमा यहाँको विद्यार्थीहरु जान चाहे एक्सपर्टबाट उचित परामर्श गरिने बताए । उनले नेपालमै पनि उत्कृष्ट कलेजहरु रहेको भन्दै यहाँ पढ्न चाहने विद्यार्थीहरुलाई यही राम्रो वातावरण बनाउन आवश्यक रहेको भन्दै वैदेशिक उच्च शिक्षामा जान चाहनेलाई ब्राइटन र एएसए कलेजमा स्वागत गरिने बताए । उनले प्रतियोगिताको टप फाइभमा पुगेका टिमहरुलाई ब्राइटन र एएसए कलेजबाट विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरीले अर्को वर्ष थप परिस्कृत गर्दै कार्यक्रम संचालन गर्दै दोस्रो सिजन आयोजना गर्ने घोषणा गरे । यो पहिलो प्रयासमा पनि धेरै राम्रो गर्न कोशित गरेको भन्दै आगामि संस्करणलाई थप राम्रो गर्ने प्रतिवद्धता जनाए । उनले कार्यक्रम संचालनका लागि सहयो गर्ने सबै सहयोगी संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।

    फाइनल प्रतिस्पर्धाको प्रशारण सगरमाथा टेलिभिजन, चितवनको कालिका टिभी, नारायणी टिभी युट्युव च्यानल मार्फत सोमबार साँझ प्रशारण गरिनेछ । नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा गत फागुन ५ गतेदेखि क्वीज संचालन गरिएको थियो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको थियो । यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको थियो भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ (एएसए)ले सहकार्य गरेको थियो ।

    पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुरले सहकार्य गरेको थियो । यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ, साउण्ड पार्टनरमा एक्सीस साउण्ड सिस्टम एण्ड होम भरतपुर रहेका थिए । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.