चितवन । चितवनको एक होटलमा भीषण आगलागी भएको छ । आज बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित जगतपुरको टाईगर ल्याण्ड होटलको सेमिनार हलमा विद्युत चुहाबट भई आगलागी भएको हो ।
आगलागी भएपछि इलाका प्रहरी कार्यालय गितानगर र अस्थायी प्रहरी चौकी कृष्णचोकबाट २० जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
अहिले आगो निभाउन भरतपुर महानगरपालिका दुईवटा दमकल र खैरहनी नगरपालिका एकवटा दमकल जांँदै गरेको उहांँले बताउनु भयो । घटनाको विस्तृत विवरण आउन बांँकी रहेको प्रहरीले जनाएको छ ।








