• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस् : उम्मेदवार न्यौपाने

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् । “हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भन्नुभयो, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।”

    रामनगरमा आयोजित घरदैलोपछि सम्बोधन गर्दै न्यौपानेले यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनता खानेपानीको समस्याबाट पीडित रहेको बताए । न्यौपानेले कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि बजेट परेको भन्दै आफू निर्वाचित भएर गएपछि चाँडो खानेपानी समस्या समाधान गर्नेगरी काम गर्ने बताए । आमा बुवालाई पाल्ने पार्टी एमाले भएको भन्दै न्यौपानेले एमालेले गर्ने कामको दूरगामी प्रभाव पर्ने बताए ।

    “हामीले जे गर्छौँ यो समाजलाई राम्रो हुने काममात्रै गर्छौँ, हामीले नराम्रो कहिल्यै पनि गर्दैनौँ” न्यौपानेले भने, “म तपाईँहरुबीच प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, म करम्पसनमा कहिल्यै फस्दिनँ, म कुनै लेनदेनमा फस्दिनँ, म कुनै विवादमा फस्दिनँ र जनताको असल प्रतिनिधि बनेर तपाईँहरुको सेवा गर्न चाहान्छु ।” न्यौपोनले जनप्रतिनिधिहरु भनेको सधैँ असल र नैतिकवान हुनुपर्ने भन्दै असल छु कि छैन भनेर आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्ने बताए ।

    “म जनताको बीचबाट कसम खाएर भन्छु, हरेक परीक्षा दिन तयार छु, म हरेक सन्दर्भ र सवालमा असल छु” उनले भने, “म अगतिलो कहिल्यै हुनेछैन, म गतिलो मान्छे बनेर राम्रो मान्छे बनेर असल मान्छे भनेर सदैव न्यायको पक्षमा लड्नेछु ।” न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका खेल्ने बताए । समाजमा विकृति फैलाउने व्यक्तिहरुलाई सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।

    “समाजमा विकृति फैलाउने, अनैतिक काम गर्ने, भ्रष्टाचार गरेर समाजलाई सिध्याउने सबै रावणहरुलाई, राम हुँ सिध्याएरै छोड्छु” उनले भने, “मेरो नाम राम हो, राम त्यसै भएको होइन, म कर्मले राम बन्ने तपाईँहरुको बीचमा प्रतिज्ञा गर्छु ।” जनताको समस्याहरुमा एमाले निरन्तर लड्दै आइरहेको उनको भनाइ छ । पछिल्लो समय सरकारले वृद्धभत्ता कटौती गर्न खाजेको आफूले सुनेको भन्दै न्यौपानेले वृद्धहरुको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताए । वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ ।

    चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरु नेताहरु सहभागी थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.