• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

राम न्यौपानेको घरदैलोमा मतदाताको साथ

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वैशाख १० मा हुने उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको घरदैलोमा व्यापक जनसहभागिता रहेको छ । न्यौपानेले चुनावी प्रचारप्रसारका क्रममा गरेको घरदैलोमा स्थानीय मतदाताको उत्साहजनक साथ र सहयोग देखिएको हो । अहिले न्यौपानेले भरतपुरका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

    घरदैलोका क्रममा न्यौपानेलाई मतदाताले आफ्ना समस्या राख्ने, गुनासो पोख्ने तथा आशिर्वाद दिने गरेका छन् । न्यौपाने र नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले बताए । “अघिल्लो निर्वाचनमा अन्यत्रै मतदान गर्दा दुःख पाएका गुनासो मतदाताको रहेको छ” ज्ञवालीले भने, “यसपटक सूर्यमा मतदान गर्दै रामप्रसाद न्यौपानेलाई जिताउँछौँ भन्दै घरदैलोमा स्थानीयको व्यापक सहभागिता बढ्दै गएको छ ।”

    नियत खराब भएको व्यक्तिका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको भन्दै ज्ञवालीले चितवनको माटो चिनेको र जनताको समस्या बुझेको उम्मेदवार रामप्रसाद न्यौपाने भएको बताए । पहिले अन्यत्रै भोट हालेका मतदाताहरु यसपालि एमालेमा नै फर्किसकेका ज्ञवालीले बताए । बिहीबारको घरदैलोका क्रममा एमाले उम्मेदवार न्यौपानेले भरतपुर–४ मा स्थापना गरिएको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरेका छन् । कार्यालयको उद्घाटन गर्दै न्यौपानेले अहिलेको अभियान देश बनाउने अभियान भएको बताए ।

    “यो अभियान हाम्रा सन्ततिहरुको भाग्य र भविष्य निर्माण गर्ने अभियान हो, एउटा सन्देश प्रवाह गर्ने अभियान हो” उनले भने, “यो अभियानमा हामी निरन्तर लाग्ने छौँ र हामी जित्ने छौँ ।” एमालेले जित्ने भनेको ज्येष्ठ नागरिक, युवासहित सबै नेपालीको खुसीको कुरा भएको न्यौपानेको भनाइ छ । एमालेले जित्ने कुरा सभ्य समाज निर्माण गर्ने कुरा भएकाले एमालेले जित्ने न्यौपानेले बताए ।

    न्यौपानेको घरदैलोका क्रममा स्थानीयले स्वास्थ्य, रोजगार, बाटोघाटोलगायतका विषयमा गुनासाहरु गरेका थिए । चितवनको सम्पूर्ण समस्याको बारेमा आफू जानकार भएको उल्लेख गर्दै न्यौपानेले आफूले जितेर गएमा चितवनका सबै समस्या समाधानतर्फ लाग्ने बताए । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार भरतपुरको वडा नं ३ र ४ मा उम्मेदवारसहित एमालेका नेताहरु घरदैलोमा पुगेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.